प्रधानमन्त्रीलाई विज्ञानको विश्वास नभएकोले नेपालमा कोरोना संक्रमण उच्च – गगन थापा

धनकुटा खबर । नेपाली कांगे्रसका यूवा नेता गगनकुमार थापाले प्रधानमन्त्रीलाई विज्ञानको विश्वास नभएकोले नेपालमा कोरोना संक्रमण उच्च भएको बताउनु भएको छ ।

नेता गगनकुमार थापाले नेपाली कांग्रेस धनकुटाले आज आयोजना गरेको जुम बैठकलाई सम्बोधन गर्दै यस्तो बताउँनु भएको हो । कोरोना लाई जित्न सबै लाग्नु पर्ने कुरा आफूहरुले बताउँदा सरकारले कांग्रेसका कुनै कुरा नसुनेको तर अनियमितता तर्फ लागेको भन्दै नेता थापाले लकडाउन अबधीमा २० दिन मात्र काम गरेको भए पनि यस्तो समस्या नआउने बताउँनु भयो ।

सरकारले विदेशमा रहेका आफ्ना नागरीक ल्याउन समेत ध्यान नदिएको बताए । आर्थिक रुपले विश्व नै समस्यामा रहेको बेला नेपाल पनि यसको चपेटामा रहेको तर्फ अर्थमन्त्री र सरकारको ध्यान नजानु दुखद भएको उनको भनाई थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।