रेडियो र टेलिभिजनवाट पढाई : टोल टोलमा पुगी विद्यार्थीहरुको तथ्यांक संकलन

धनकुटा खबर । धनकुटा नगरपालिका वडा नं २ भीरगाउँको टोल टोलमा पुगी विद्यार्थीहरुको तथ्यांक संकलन गर्न शूरु गरिएको छ । विश्व महामा,रीको रुप फैलिएको कोरोना भाईरस संक्रमणको कारण विद्यालयहरु सञ्चालन हुन नसकि विद्यार्थीहरु विद्यालयमा उपस्थित भई अध्ययन गर्नबाट वञ्चित भईरहेको समयमा त्यहाँका कति विद्यार्थीले रेडियो र टेलिभिजनवाट सञ्चालित पढाई कक्षा सुन्न र हेर्न सक्छन भन्ने तथ्यांक संकलन गर्न शूरु गरिएको श्रीमान टंक माद्यमिक विद्यालयका प्रधानाध्यापक नरवहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार वैकल्पिक सिकाई निर्देशिका अनुसार विद्यार्थीहरुको तथ्यांक संकलन गर्न थालिएको हो । असार ११ गते सम्म सञ्चालन हुने यो कार्य अन्र्तगत भीर गाउँका ८ विद्यालयका विद्यार्थीलाई समेट्ने गरी विभिन्न २० वटा टोलवस्तिमा २० वटै सहजिकरण केन्द्र वनाई तथ्यांक संकलन गरिदैछ । यो कार्यमा टोलवस्ति संगठनका अध्यक्ष सहित २ नं वडा का सम्पूर्ण विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु खटिएको प्र.अ विश्कर्माले वताउनुभयो ।

यसैक्रममा विद्यार्थीहरुलाई पाठ्य पुस्तक पुग्यो पुगेन ? अभिभावकहरुको राय सुझाव के छ ? भन्ने लगायतका कुरा समेत वुझ्ने जनाईएको छ । तथ्यांक संकलन गरी केन्द्रमा पठाईने आवश्यक्ता अनुसार विदार्थीहरुलाई सहज हुने गरी सिकाई सञ्चालन गरिने उहाँले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।