धनकुटाका पत्रकारलाई होटल संचालकले दिए प्रेस ज्याकेट
धनकुटा खबर । धनकुटाको मदन चौकमा संचालित होटल मोरिङ्गगाले नेपाल पत्रकार महासंघ धनकुटामा आवद्ध रहेका १९ जना कृयाशिल पत्रकारलाई प्रेस ज्याकेट वितरण गरेका छ ।
होटल मोरिङ्गगाका संचालक दिपककुमार श्रेष्ठले आज एक कार्यक्रमा विच धनकुटामा रहि कृयाशिल रुपमा पत्रकारीता गरिरहेका १९ जनालाई ज्याकेट वितरण गर्नु भएको हो । सो अवसरमा बोल्दै संचालक श्रेष्ठले पत्रकारहरुले जोखिममा काम गर्नु पर्ने भएकोले पत्रकारहरुको योगदानको सम्मान गर्दै प्रेस ज्याकेट वितरण गरेको बताउँनु भयो ।

ज्याकेट वितरण कार्यक्रमा पत्रकारहरु विदुर खवास, रमेशचन्द्र अधिकारी, सन्तोष रुचाल, विकास घिमिरे, स्मिता निरौला, पूर्ण कुमार चौधरी, इश्वर थापा लगायतको उपस्थिती रहेको थियो ।


