सरकार टिकाउनै प्रधानमन्त्रीलाई धौ-धौ : गगन थापा
धनकुटा खबर । पूर्व स्वास्थ्य मन्त्रि तथा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य यूवा नेता गगन थापाले मुलुकको विद्यामान समस्या समाधन गरी मुलुकलाई समृद्ध बनाउन राज्यको सवै ठाउँमा यूवाको नेतृत्व आवाश्यक रहेको वताउनु भएको छ ।
नेपाली कांग्रेस धनकुटाद्धरा आज सञ्चालित प्रविधि मैत्री जुम अन्र्तक्रियालाई सम्बोधन गर्दै उहाँले त्यस्तो वताउनु भएको हो । वर्तमान युग अनुसारको प्रविधिलाई यूवाहरुले मात्र राम्ररी बुझेकोले यूवाहरुको नेतृत्वले मुलुकको विद्यामान सम्पूर्ण समस्या समाधान गरी मुलुकलाई चाडै समृद्ध बनाउन सक्नेमा जोड दिदै यूवा नेता थापाले यूवाहरुले हस्तक्षेप गरेर भए पनि अव नेतृत्वमा आउनु जरुरी रहेको वताउनु भयो ।
उहाले अव नेपाली कांग्रेस पुरानो शैली, सँस्कार,कार्ययोजनाबाट चल्न नसक्ने र मुलुकको नेतृत्व समेत गर्न नसक्ने भएकाले नयाँ नेतृत्वका साथ नयाँ भिजन र मिसनका साथ २१ औ शदाब्दीको भारी भोक्न सक्ने आधुनिक कांग्रेस बनाउनु पर्नेमा सवै यूवाहरु लाग्नु पर्ने वताउनु भयो । महत्वपूर्ण राष्टिय विषयहरुमा कांग्रेसको पूर्ण सहयोग र समर्थन सरकारलाई हुँदाहुँदै पनि स्पष्ट भिजन नभएकाले पूर्ण रुपमा सरकार असफल भएको भन्दै नेता थापाले कोरोना भाईरस नियन्त्रण गर्ने सरकार सँग कुनै महत्वपूर्ण र स्पष्ट योजना नभएको रहचुवाको भरमा अगाडी बढेकोले यो भाईरसको संक्रमण वढ्दै गएको वताउनु भयो ।
अव चाडै नेपालमा पनि कोरोना भाईरसको अझ ठूलो माहामारी आउन सक्ने सम्भावना रहेको भन्दै उहाँले तत्काल विशेष योजना बनाएर यो भाईरस विरुद्धको यु,द्धलाई सवैको सहयोग र सहभागीतामा सरकारले तिव्र रुपमा अभियान सञ्चालन गर्न आवाश्यक रहेको वताउनु भयो । वर्तमान सरकार दुई तिहाईको जस्तो देखिए पनि आन्तरीक रुपमै सरकार फसेको र सरकार टिकाउनै प्रधान मन्त्रीलाई धौ धौ परिरहेको उहाँले टिप्पणी गर्नुभयो ।
अन्तरक्रियामा पार्टीका आमन्त्रित केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले मुलुक एक पछि अर्को समस्यामा दिन प्रतिदिन फस्दै गएकोले राष्टिय सहमतीको आधारमा अगाडी बढ्नु पर्ने आजको पहिलो आवाश्यक्ता भएको वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न अन्तरक्रियाको जिल्ला सचिव विजय सन्तोषी राईले सहजीकरण गर्नु भएको थियो । स्वागत मन्तव्य जिल्ला कोषाध्यक्ष दिनेश राईले राख्नुभएको थियो । अन्तरक्रियाको उदेश्य जिल्ला सदस्य निर्मल प्रसाद ओझाले प्रकाश पार्नु भएको थियो । अन्तरक्रियामा नेपाली कांग्रेस धनकुटाका महासमिति सदस्य तथा १ नम्वर प्रदेशका सांसद लिला सुब्बा, पूर्व सभापति हरी अधिकारी,पूर्व उपसभापति अजित नारायण सिंह थापा,निति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य रामजी कोङरेन,जिल्ला सचिव रविन्द्र नेपाली,सहसचिज सिता श्रेष्ठ,जिल्ला सदस्यहरु विष्णु पौडेल,सुमना तिम्सिना,खेम पौडेल,राजेन्द्र पौडेल लगायतको सहभागिता थियो ।


