धनकुटामा मास्क वितरण गर्दै मनाईयो अन्तराष्ट्रिय एकल महिला दिवस

धनकुटा खबर, असार ९ । आज १० औ अन्तराष्ट्रिय एकल महिला दिवस, धनकुटामा मास्क वितरण गर्दै मनाईएको छ । मानव अधिकारका लागि महिला एकल महिला समूह धनकुटाले दिवसको अवसरमा विभिन्न समूह-समूह र घरघरमा गई कोरोना भाईरस कोभिड १९ को वारेमा जनचेत जगाउदै एकल महिला सहित अन्य मानिसहरुलाई मास्क वितरण गरेको समूहकी अध्यक्ष मिना राईले वताउनुभयो ।

उहाँका अनुसार समूहले १ सय मास्क वितरण गरेको हो । यसअघि औचारिक कार्यक्रमहरु गर्दै आईएकोमा यो वर्ष कोरोना संक्रमणको कारण त्यसो गर्न नसकिएको उहाँको भनाई छ । औपचारिक कार्यक्रमहरु गर्न नसकिएपनि समूह-समूह र घरघरमा गई एकल महिला सहित अन्य महिला र पुरुषहरुलाई पनि मास्क वितरण गरिएको अध्यक्ष राईले वताउनुभयो ।

२०६८ को जनगणना अनुसार धनकुटा जिल्लामा ५ हजार ३६ जना एकल महिला रहेकाछन् । संयूक्त राष्ट्रसंघको महासभाले सन् २०१० डिसेम्बरमा हरेक वर्षको जुन २३ लाई अन्तराष्ट्रिय एकल महिला दिवस मनाउने घोषणा गरे अनुसार सन् २०११ को जुन २३ वाट यो दिवस मनाउन शूरु गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।