धनकुटाका थप १ सय बढी घरधनीले गरे घरभाडा मिनाहा
धनकुटा खबर । धनकुटा उद्योग वाणिणज्य संघले सञ्चालन गरेको घर भाडा मिनाहा गर्ने घरधनीहरुको लगत संकलन तथा राेग प्रतिराेधात्मक क्षामता वृद्वि गर्ने औषधी वितरण कार्यक्रममा आज धनकुटा बजारमा संकट तथा दुःखमा व्यापारी तथा व्यावसायीलाई सहयोग गर्दै वडाध्यक्ष र धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सहित सय जना भन्दा बढीले घर भाडामा मिनाहा गरेकाछन् ।
संघको तर्फबाट धनकुटाको व्यापारिक केन्द्र हुलाकटोल क्षेत्रमा संघका अध्यक्ष विजय सन्तोषी राई, कार्यकारी सदस्यहरु रेजिना पलिखे, रेवती प्रसाद अधिकारी, कर्मचारीहरु मनिश श्रेष्ठ, नवराज श्रेष्ठ लगायतका टोलीले घर घरमा गई प्रत्यक्ष भेटघाट गरी राेग प्रतिराेधात्मक क्षमता वढाउने औषधी वितरण गर्दै घरधनीरुलाई घर भाडा मिनाहा गरीदिन हुन अनुरोध गरेका थिए ।

हुलाकटोलमा धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा समाजसेवी जंग वहादुर राई, धनकुटा अस्पताल विकास समितिक पूर्व अध्यक्ष तथा यूवा समाजसेवी सुनिल कुमार डंगोल, राम डंगोल, शसिल डंगोल, वडा नं. ७ का वडा सदस्य सन्देश आडपहरिया, पुस्तकमाया राई, समाजसेवीहरु हर्क राई, बिना राई रोशन श्रेष्ठ, अनिता श्रेष्ठ,इन्द्रराज उदास, समिर खान, नगेन्द्र श्रेष्ठ, प्रमिला जोशी, इश्वर श्रेष्ठ, निर्मला श्रेष्ठ, देव कुमार लिम्बु, प्रकाश श्रेष्ठ, शोभा श्रेष्ड, इश्वर श्रेष्ठ, सकुन्तला श्रेष्ठ, शैलेस श्रेष्ठ, रुना प्रधान श्रेष्ठले व्यापारी तथा व्यावसायीहरुलाई घर भाडा मिनाहा गरी संकटमा सहयोग गर्नुभएकाे संघका अध्यक्ष राईले वताउनु भयो ।
यसैगरी धनकुटा नगरपालिका वडा नं. ६ भीम नारायण चौक सिरान बजारका समाजसेवी पुरेन्द्रलाल श्रेष्ठ, शशी श्रेष्ठ र वडा नं. ६ बिचबजारका समाजसेवी सुरेन्द्र बौधाचार्य, अम्विका बौधाचार्य, जिवन श्रेष्ठ, बिनिता श्रेष्ठ, प्रभा श्रेष्ठ, पिताम्वर शाक्य, अशिम शाक्य, स्वीकार श्रेष्ठ, विरेन्द्र श्रेष्ठ, टिका श्रेष्ठ, सागर श्रेष्ठ, सुवाशचन्द्र जोशी, सुष्मा श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, गोपाल कृष्ण श्रेष्ठ, घनश्याम श्रेष्ठ, सिर्जना श्रेष्ठ र धनकुटा नगरपालिका वडा नं. ४ का गणेश प्रसाद फुयाल, धनकुटा नगरपालिका वडा नं. १ हिलेका शम्भु कटुवालले पनि घर भाडा मिनाहा गरीदिनु भएको धनकुटा उद्योग बाणिज्य संघका सदस्य तथा यूवा समाजसेवी शान्ति खड्काले वताउनु भयाे ।


