कृषकका आलु गाउँपालिकाले नै किनिदियो

हिमलाल पराजुली/स्याङ्जा, असार १२ गते । आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरिदिएको छ । आँधीखोला–१ भक्किमले, दत्तेलटे र त्रिवेणीका बर्खे आलु बारीबाटै सो गाउँपालिकाले खरिद गरिदिएपछि उनीहरु उत्साहित भएका छन् । त्यहाँका ५४ घरका कृषकले ९० रोपनी बाँझो जमीनमा समूहिक रुपमा आलु लगाएका थिए । गाउँपालिकाले ४२ टन आलु रु ५५ का दरले खरिद गरेको हो ।

तरकारी, फलफूल लगायतका उत्पादित वस्तु लकडाउनका कारण बिक्री नभएर त्यतिकै फाल्नु पर्ने साथै बिचौलियाले कृषकसँग सस्तो मूल्यमा लिएर महँगो मूल्यमा बेच्दै आएको अवस्था रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले बन्दाबन्दीका समयमा कृषकले उत्पादन गरेको बर्खे आलु गाउँपालिकाले खरिद गरेर बिक्री गर्ने व्यवस्था मिलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीको बेला छ किसानले सामूहिक रुपमा लागाएको आलु बिक्री नभएमा कृषक हतोत्साहित हुन सक्ने भएकाले कृषकलाई ऊर्जा थाप्नका लागि गाउँ पालिकाले नै बिक्रीको जिम्मा लिएर बेचिरहेको छ ।”

व्यावसायिक कृषक तयार गर्दै कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यअनुसार गाउँपालिकाले काम गरिरहेको बताउँदै कृषकले उत्पादन गरेको सम्पूर्ण वस्तुको जिम्मा गाउँपालिकाले लिने उहाँले जानकारी दिनुभयो । कृषकको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले आलु सङ्कलन गरी कृषि एम्बुलेन्समार्फत बिक्री गरेको उहाँको भनाइ रहेको छ ।

युवा कृषक चुडामणि पौडेलले भन्नुभयो, “आलु त लगाइयो यो बन्दाबन्दीको समयमा कसरी बिक्री गर्ने भन्ने चिन्ताले सताएको थियो । गाउँपालिकाले हाम्रो बारीबाटै उत्पादित आलु खरिद गरिदिएपछि यतिबेला निकै खुशी लागेको छ ।”
अहिलेको बन्दाबन्दीको अवस्थामा गाउँपालिकाद्वारा उपभोक्ताको घरघरमै सुपथ मूल्यमा आलु पु¥याउन थालेपछि स्थानीय उपभोक्ता उत्साहित भएको गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले बताउनुभयो ।

गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक विवेक आचार्यले आलु खेतीका लागि यस ठाउँको माटो, हावा र पानी उपयुक्त भएकाले आलु खेतीबाट राम्रो आम्दामी लिन सकिने बताउनुभयो । उहाँले कृषकका हरेक समस्यामा आफू फिल्डमा नै पुगेर समस्या समाधानका लागि सल्लाह सुझावसमेत दिँदै आएको जानकारी दिनुभयो ।

गाउँपालिकाले किसानहरुलाई कृषि पेशातर्फ आकर्षण गर्नका लागि समयसमयमा मौसमअनुसारका बीउ बिजन, कृषि यन्त्रका साथै प्राविधिक सहयोगसमेत गर्दै आएको जनाएको छ । गाउँपालिकाले १ नं वडाका भक्किमले, दत्तेलटे र त्रिवेणीका कृषकले उत्पादन गरेको बर्खे आलु बारीबाटै खरिद गरेको हो ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।