धनकुटाका थप १६ जना घरधनीले गरे घरभाडा छु ट
धनकुटा खबर । धनकुटाका थप १६ जना घरधनीले आज घरभाडा छुट गरेका छन् । कोरोना भाईरस संक्रमण फैलन नदिन धनकुटाको ग्रिल उद्योगहरु, ट्राफिक प्रहरी र जिरोप्वाइन्ट लगायत बजार क्षेत्रमा धनकुटा उद्योग बाणिज्य संघले रोग प्रतिरोधात्मक क्षामता वृद्धी गर्ने औषधी र स्वास्थ्य समाग्री वितरण गर्ने क्रममा घर भाडा मिनाहा गर्न अनुरोध गर्दै लगत संकलन गर्दा उनिहरुले भाडा छुट गरेको घोषणा गरेका हुन् ।
संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यालय प्रमुख सिचन प्रधान,कर्मचारी मुकेश राई लगायतको टोलीले कोरोना विरुद्धको इमिनिटि पावर बढाउने औषधी र स्वास्थ्य समाग्री धनकुटाको जिरोप्वाईन्ट, ग्रिल उद्योग र ट्राफिक प्रहरीहरुलाई वितरण गरेका थिए ।

आज भाडा मिनाहा गर्नेहरुमा धनकुटा जिरोप्वाईन्टका समाजसेवी गैरीमान श्रेष्ठ,चंचला श्रेष्ठ,धनकुटा हुलाकटोलका समाजसेवीहरु पूर्ण प्रसाद गुरागाई,राम कुमारी गुरागाई,सुमन गुरागाई,बिनय श्रेष्ठ,बद्री प्रसाद पौडेल, महेश ढकाल, सिता ढकाल,सावित्री श्रेष्ठ, रेवत श्रेष्ठ, मुन्नी श्रेष्ठ लगायत रहेका संघका अध्यक्ष राईले वताउनु भयो । यसअघि हिजो २२ जना घरधनीले भाडा मिनाहा गरेका थिए ।


