धनकुटाको पाख्रीवासमा वसपार्क बन्दै – सांसद राजेन्द्र राईले गरे शिलान्यास (भिडियो सहित)

शर्मिला राई, धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकामा वसपार्क वन्ने भएको छ । सरकारी ७ रोपनी र व्यक्तिले प्रदान गरेको ४ रोपनी गरी जम्मा ११ रोपनी जग्गा क्षेत्रफलमा वन्न लागेको वसपार्कको आज एक कार्यक्रमको वीच प्रतिनीधिसभा सांसद राजेन्द्र कुमार राईले शिलान्यास गर्नुभएको छ ।

वसपार्क व्यवस्थापन समितिको आयोजनामा सञ्चालित वसपार्क शिलान्यास कार्यक्रममा वोल्दै सांषद राईले अहिले सरकारको विशेष प्रामिक्ता भनेको विश्वव्यापी रुपमा फैलिएको कारोना भाईरस संक्रमणवाट आम नेपाली जनतालाई कसरी सूरक्षित राख्ने भन्ने रहेको वताउनुभयो ।

नेपालमा १ लाख वढी मानिसलाई यो भाईरसले संक्रमण गर्न सक्ने सम्भावना रहेको भन्दै उहाँले यो भाईरसको संक्रमण नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउनको पूर्ण पालना गर्न जरुरी रहेको वताउनुभयो । वैदेशि रोजगारीका लागि वैधानिक रुप मै विदेश गएका ६५ लाख र अवैधानिक रुपमा गएकाहरुलाई समेत कसरी व्यवस्थित गर्ने भन्ने विषय अहिलेको चुनौतिको विषय भएको भन्दै उहाँले यसको व्यवस्थापनलाई पहिलो प्रथामिक्तामा राखेर आफुहरुले काम गरिरहेको उहाँले वताउनुभयो ।

त्यस्तैगरी पाख्रीवास वजारलाई व्यवस्थित गर्ने वारेमा समेत आफु गम्भिर रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “आज स्थानिय तहको निर्वाचन भएका तीन वर्ष पुग्यो । हाम्रो अढाई वर्ष पुग्यो र यसको परिणाम आयो आएन भनेर अहिले नै मूल्यांकन गर्ने वेला भएको छैन । किनभने मूलुक पहिलो पटक संघीयतामा गएको र स्थानिय तहमा धेरै अधिकार आएको तर अधिकार आएपनि राणा शासनदेखी हिजो सम्मको ऐन कानुन रहेको र त्यसलाई फेरवदल गर्नुपर्ने भएकोले केही समय लागेको छ ।

ऐन कानुन ले नै हरेक विकासको गाईड गर्ने भएकोले केही कुरा ढिला भएकाछन् । विकास निर्माणको कुरालाई रफ्तारका साथ अघि वढाउने आफुहरुको प्रतिवद्धता भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको कारण समस्या भएको छ ।” उहाँले वसपार्कको डिपीआर मिहिन र स्तरिय ढंगले गर्न समेत पाख्रीवास नगर प्रमुख वृष वहादुर राई र ४ नं वडाध्यक्ष सोवित निरौलालाई आग्रह गर्नुभयो ।

वसपार्क निर्माणका लागि त्यहाँका पूर्व कार्यकारी प्रधानपञ्च लोक वहादुर थापाले २ रोपनी, स्थानिय हर्क वहादुर वस्नेतले डेड रोपनी र योगेश खपाङ्गीले आधा रोपनी जग्गा नि:शूल्क प्रदान गर्नुभएको हो भने ७ रोपनी सरकारी जग्गा रहेको वसपार्क व्यवस्थापन समितिका संयोजक एवम् ४ नं वडाध्यक्ष सोवित निरौलाले वताउनुभभयो । जग्गा व्यवस्थापनका लागि आफुले अहोरात्र खटनु परेको संयोजक निरौलाले वताउनुभो ।

वसपार्क निर्माणका लागि शहरी विकास कार्यलय धनकुटाद्धारा यो वर्ष प्राप्त १ करोड रकम मध्ये यो असार मसान्त सम्म ५० देखी ६० लाख सम्मको काम गरिने र बाँकी काम क्रमिक रुपमा गर्दै जाने योजना छ । वसपार्क शिलान्यस कार्यक्रममा नगर प्रमुख वृष वहादुर राई,प्रमुख प्रशासकीय अधिकृत डिक वहादुर राई, ४ नं वडाध्यक्ष निरौला, विद्यालयका प्रधानाध्यापक लगायत वजारवासीको उपस्थिती थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।