पछिल्लो चरण घरभाडा छुट गर्ने धनकुटाका घरधनीलाई भब्य सम्मान
धनकुटा खबर । लक डाउनको कारण चरम संकटमा परेका धनकुटाका व्यापारी, व्यावासायीहरुलाई घर भाडा छुटगरी सहयोग गरेको प्रति धनकुटा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष धर्मलाल श्रेष्ठ सहित धनकुटाको प्रमुख व्यापारिक केन्द्र हुलाकटोलका सय जना भन्दा बढी घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले आज भव्य सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा संघका पूर्व अध्यक्ष श्रेष्ठ सहित गिता श्रेष्ठ, पूर्व अध्यक्ष स्व। कृष्णराज शाक्यका श्रीमती रुक्मणी शाक्य, छोरा दिपक शाक्य, छोरी सावित्री शाक्य, समाजसेवी पूर्ण प्रसाद गुरागाई, सावित्री देवी श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं ७ का निर्वाचित वडा सदस्य सन्देश आठपहरीया, पुस्तकमाया राई, धनकुटा। ७ हुलाकटोलका समाजसेवी रोशन श्रेष्ठ, अनिता श्रेष्ठ, समिर खान, हर्क राई, बिना राई,कलम वहादुर श्रेष्ठ, नारायणी श्रेष्ठ,विश्वेश्वर जोशी, सुनिता जोशी, प्रमिला जोशी, ईश्वर कुमार डंगोल, निर्मला श्रेष्ठ डंगोल, प्रकाश श्रेष्ठ, शोभा श्रेष्ठ, इन्द्र कुमारी उदास, नगेन्द्र श्रेष्ठ, मनु श्रेष्ठ, वडा नं ७ संगम टोलका समाजसेवीहरु, बद्री पौडेल, विक्रम पौडेल, पूर्ण प्रसाद गुरागाई, राम कुमारी गुरागाई, सुमन गुरागाई खगेन्द्र तिम्सिना, राधा तिम्सिना, रेवत दाहाल, सिता दाहाल, सावित्री श्रेष्ठ, सुष्मा श्रेष्ठ, रेवत श्रेष्ठ, मुन्नी श्रेष्ठ, शैलेस श्रेष्ठ, रुना प्रधान, ज्ञान वहादर कटुवाल, सिता कटुवाल, शान्त मिश्र, विष्णु मिश्र लगायत रहेकाछन् ।

उनिहरुलाई दोसल्ला तथा खदा ओढाई टिका लगाएर धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, उपाध्यक्ष निर्मला राई श्रेष्ठ, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहरु रेजिना पलिखे, रेवती प्रसाद अधिकारी, सुनिता थापा, शोभा श्रेष्ठ लगायतले दोसल्ला , खादा ओढाएर टिका लगाई दिई सम्मान गरेको कार्यलय प्रमुख सिचन प्रधानले जानकारी दिनुभयो ।
सो अवसरमा संघका अध्यक्ष राईले लकडाउनका कारण महाविपत्तिमा परेका व्यापारी व्यवसायीलाई भाडा छुट गरी सहयोग गर्नुहुनेहरुलाई धन्यवाद दिदै घर भाडा छुट गर्न बाकी धनकुटा जिल्लाका सवै घरधनीहरुलार्ई घर भाडा छुट गरी सहयोग गर्न आग्रह गर्नु भयो ।


