शहिदहरु राष्ट्रको साझा सम्पत्ति, पार्टी विशेष कोणले हेर्न हुंदैन – सांसद लिला सुब्बा

धनकुटा खबर । १ नं प्रदेश सभाका सांसद लिला सुब्बाले शहिदहरु राष्ट्रको साझा सम्पत्ति भएको वताउनु भएको छ । शहिद रामकृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठान धनकुटाको प्रथम साधारणको उद्घाटन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।

शहिदहरु राष्ट्रको साझा सम्पत्ति भएकाले नै उनिहरुलाई कुनै्र पार्टी विशेष कोणले हेर्न नहुने उहाँले वताउनुभयो । प्रतिष्ठानका अध्यक्ष इश्वर वहादुर श्रेष्ठ अकेलाको अध्यक्षतामासञ्चालित साधारण सभामा पूर्व सांसद गोपाल गुरागाई, सल्लाहकार तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, सल्लाहकार विश्वनाथ दाहाल,आजिवन सदस्य तथा नेपाली कांग्रेस धनकुटका कोषाध्यक्ष दिनेश राई लगायतले शहिद रामकृष्ण श्रेष्ठ निडर र शाहसिक नेता भएको वताउदै उहाँको योगदानको वारेमा चर्चा गरेका थिए ।

सभामा संस्थाको उदेश्य प्रतिष्ठानका उपाध्यक्ष सत्यनारायण श्रेष्ठ प्रकाश पार्नुभएको थियो । प्रगती प्रतिवेदन सचिव कृष्ण भागवत श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष मुन्नी श्रेष्ठले प्रस्तुत गरेका थिए ।

धनकुटा नगरपालिका वडा नं ७ निवासी शहिद रामकृष्ण श्रेष्ठले २०३० साल चैत्र ३ गते विराटनगरमा भएको बम काण्डमा शाहदात प्राप्त गर्नु भएको थिायो । उहाँलाई २०७४ माघ ३ गते नेपाल सरकारले राष्टिय शहिद घोषणा गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖