धनकुटाको चानुवामा दाँत नभएका र थोते दाँत भएकाहरुको दाँत फेर्ने कार्यक्रम शूरु
धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिका चानुवा स्वास्थ्य चौकीमा आजदेखी दाँत नभएका र थोते दाँत भएकाहरुको दाँत फेर्ने कार्यक्रम शूरु भएको छ ।
महालक्ष्मी नगपालिकाको थोते दाँत मूक्त अभियान अन्र्तगत सञ्चालित यो कार्यक्रमको उद्घाटन नगर प्रमुख पर्शराम नेपालको प्रमुख आतिथ्य तथा ४ न. वडाध्यक्ष यज्ञ वहादुर चापागाईको अध्यक्षमा सञ्चालित कार्यक्रमको वीच गरिएको हो ।
गत वर्ष देखी नगरपालिकाले यो अभियान सामाजिक विकास मन्त्रालयको साझेदारी र पूर्वाञ्चल डेन्टल हस्पिटल प्रा.लि ईटहरीको सहयोगमा सञ्चालन गरेको नगरप्रमुख नेपालले जानकारी दिनुभयो ।

आज शूरुको दिन ४५ जनाको सेट दाँत फेर्ने र १ सय ३५ जनाको खुद्रा दाँत फेर्ने तयारी गरिएको पूर्वाञ्चल डेन्टल हस्पिटल प्रा.लि ईटहरीका सञ्चालक केशव रिमालले वताउनुभयो । यो कार्यक्रममा सञ्चालक रिमाल सहित ६ जना दन्त चिकित्सकको टोलिले सेवा दिईरहेकाछन् ।


