नेकपाले राजनितिक दस्तावेज पारित गरेर इतिहाँस रच्यो – सासंद पराजुली

मदन भण्डारीको स्मृतिमा धनकुटामा बृक्षरोपण साथै जेष्ठ नागरिकलाई नगद सहित सम्मान

धनकुटा खबर । आज जननेता मदन भण्डारीको ६९ औ स्मृति दिवश विभिन्न कार्यक्रम गर्दै मनाईएको छ । दिवसको अवसरमा मदन भण्डारी जिल्ला फाउण्डेशन धनकुटाको आयोजनामा धनकुटा वहुमुखी क्याम्पस परिषरमा फलफुलको विरुवा रोपण गरिएको छ ।

फाउण्डेशनका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितीमा एवोकाडोको ५० र चियाको ३ सय वोट विरुवा रोपीएको फाउण्डेशनका अध्यक्ष निरेन तामाङ्गले जानकारी दिनुभयो । त्यस्तै मदन आश्रित प्रतिष्ठानको वाल केन्द्रमा रहेका १६ जना वालवालिकाहरुलाई खाद्यान्न तथा फलफुल समेत वितरण गरिएको उहाँले वताउनुभयो ।

उता दिवसकै अवसरमा मदन भण्डारी फाउन्डेसन छथरजोरपाटि गाँउपालिका धनकुटाले आयोजना गरेको स्मृति दिवसमा जेष्ठ नागरिहरुलाई सम्मान गरिएको छ । फाउण्डेशनका अध्यक्ष चन्द्र कुमार लिम्वुको अध्यक्षता तथा १ नं प्रदेश सभा सांषद ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा सो गाउँपालिकाका ६ वटै वडाका १८ जना जेष्ठ नागरिकहरुलाई नगद सहित सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो । भने गाउपालिकालाई प्रशंसा पत्रले सम्मान गरिएको छ ।

कार्यक्रममा वोल्दै प्रदेश सांसद पराजुलीले नेपाल कम्युनिष्ट पाटीले राजनितिक दस्तावेज पारित गरेर ईतिहाँस रचेको वताउनुभयो । जुन दस्तावेजले सारमा जवजले लिएको नीति विचार र मूल्यमान्यता अङ्गिकार गरेको वताउनुभयो । अव यही दस्तावेजले रचेको ईतिहाँसको जगमा टेकेर मूलुकको परिवर्तन गर्ने र समाजवाद तर्फ उन्मुख गर्न आफुहरु लागेको उहाँले वताउनुभयो । योग्यता र क्षमता अनुसारको काम र काम अनुसारको दाम समाजवाद हो, जहाँ शोषण उत्पिडन र विभेद हुँदैन, त्यो समाज समाजवाद हो भन्दै उहाँले त्यहाँ पुग्ने उद्घोष संविधानले गरेकोले समाजवादको लक्षमा पुग्न सवै एकजुट भई लाग्नुपर्ने वताउनुभयो । शहिदहरुले सधै अगाडी वढ्ने प्रेरणा प्रदान गरिरहने भएकोले आफुहरु त्यही प्रेरणाको वाटोवाट अघि वढ्नुपर्ने उहाँले वताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेर वहादुर लिम्वुले विश्वमा कम्युष्टिहरुको अन्त्य हुँदै आईरहेको अवस्थामा जननेता मदन भण्डारीले प्रतिपादन गरेको दृष्टिकोण र विचारको कारण जीवन्त रहन सहयोग पुगेको वताउनुभयो । उहाँले जनता नै मालिक हुन् , जनता नै सवै भन्दा ठूला हुन र जनता भन्दा माथि कोही हुँदैन भन्ने विशेषताले नै कम्युनिष्टहरु जनताको वीचमा लोकप्रिय भएको वताउनुभयो । उहाँले जवजको सिद्धान्त अनुसार नै देशमा आवधिक निर्वाचन हुने, जनताको पक्षमा काम गर्ने जस्ता अवसर आएको वताउनुभयो ।

फाउण्डेशनका जिल्ला अध्यक्ष निरेन तामाङ्गले जननेता भण्डारीको सिद्धान्तले नै राज्यले अहिले तीन तहको सरकार प्राप्त गरेकोले अव जनता निराश हुन नपर्ने वताउनुभयो । जनताले चाहे जस्तो वर्गीय रुपमा न्यायोचित ढंगले मूलुकमा स्थानिय सरकार २० वर्ष पछि स्थापना भएकोले २० वर्षदेखीको समस्या हटेर उपलव्धि हाँसिल भएको उहाँले वताउनुभयो । मुलुकलाई दश, पन्ध्र वर्ष भित्र मै २० वर्षदेखीको जनताको आवश्यक्ता पूरा गर्न धेरै विकास निर्माणका कामहरु भईरहेको समेत उहाँले वताउनुभयो । उहाँले मनमोहन अधिकारीले रु १ सय देखी शूरु गरेको वृद्धाभत्ता ५ हजार पुर्याउने लक्ष रहेको जानकारी गराउदै असाहाय दुखी निम्न वर्गकाहरुलाई सहयोग गरिरहेको वताउनुभयो । फाउण्डेशनले जेष्ठ नागरिकहरुको योगदान ईतिहाँसमा जिवन्त राख्न धनकुटामा जेष्ठ नागरिकहरुको तथ्याङ्क संकलन गरीरहेको वताउनुभयो ।

कार्यक्रममा नेकपा छथरजोरपाटीका अध्यक्ष ईन्द्र सारु मगर र ईञ्चार्ज विष्णु पारघरीले मदन भण्डारीको जीवनीको चर्चा गर्दै सम्मानित हुनेहरुलाई शूभकामना दिएका थिए । सम्मानित हुने जेष्ठ नागरिकहरुको तर्फबाट वोल्दै भगीरथ लिम्वु र “ठूलो” सान वहादुर लिम्वुले देशमा कम्युनिष्ट सरकार ल्याउनका लागि पञ्चायतकाल देखी आफुहरुले गरेको संर्घषको कुरा सुनाएका थिए ।

कार्यक्रममा फाउण्डेशनका उपाध्यक्ष पदम वहादुर सिंजालीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव भरत कार्कीले गर्नुभएको थियो । कार्यक्रममा वडा वडाध्यक्षहरु र केदार नाथ स्मृति प्रतिष्ठान गाँउपालिका अध्यक्ष लोकेन्द्र चापागाइ लगायतको उपस्थिति थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।