धनकुटामा व्यावसाय सञ्चालन गर्ने वातावरण बनाई दिन माग

धनकुटा खबर । सौन्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाले व्यावसाय सञ्चालन गर्ने वातावरण बनाई दिन माग गर्दै धनकुटा उद्योग बाणिज्य संघलाई आज ज्ञापन पत्र वुझाएका छन ।

लकडाउनको कारण व्यूटी पार्लर र हेयर कटिङ्ग व्यावसायीलाई समस्या भएको भन्दै उनिहरुले धनकुटा उद्योग बाणिज्य संघ संग छुट्टा छुट्दै अन्र्तक्रिया तथा छलफल गर्दै ज्ञापन पत्र वुझाएका हुन । अन्य व्यावसायहरु लकडाउनको समयमा पनि सरकारले सञ्चालन गर्न दिए पनि व्यूटी पार्लर र हेयरकटिङ्ग सञ्चालन गर्नअनुमती नदिएका कारण यी क्षेत्रका व्यवसायी ठूलो मारमा परिरहेकाले सूरक्षित साथ व्यावसाय सञ्चालन गर्न वातावरण बनाउन पहल गरी दिन संघ समक्ष उनीहरुले माग गरेकाछन् ।

उद्योगा वाणिजय संघ,सौन्दर्य कला व्यावसायी संघ र नेपाल नाई संघ धनकुटा वीच छुट्टाछुट्टै भएको अन्तरक्रियामा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्य रेजिना पलिखेले व्यूटीपार्लर र कपाल काट्ने व्यावसायमा संलग्नव्यावसायी ठूलो मारमा पपरेको भन्दै उनीहरुलाई सरकारले उचित क्षतीपूर्ती दिनु पर्ने वताएकाछन् ।

उनिहरुले यो व्यवसायमा कोरोना भाईरसवाट सूरक्षित रहने उपाया अपनाउदै व्यावसाय सञ्चालन गर्ने वातावरण बनाउन पहल भैरहेको वताएका थिए । सौन्दर्य कला व्यावसायी संघका अध्यक्ष दिवश किरण श्रेष्ठ,सचिव एलिना श्रेष्ठ,सहसचिव सानुमाया श्रेष्ठ लगायतले व्यूटीपार्लर व्यावसायीहरु अहिले ठूलो मारमा पर्दा पनि राज्यले नहेरेको गुनासो गरेका थिए । उनिहरुले तत्काल राज्यले व्यावसायीहरुलाई विभिन्न किसिमका राहत उपलब्ध गराउनु पर्ने भन्दै व्यावसाय सञ्चालन गर्ने वातावरण बनाई दिन माग गरेका थिए ।

यस्ता व्यावसायीलाई अनुदान तथा ऋणको उचित व्यवस्था सरकारले गर्नु पर्ने समेत वताएका थिए । तयसैगरी नेपाल नाई संघका अध्यक्ष सुधिर ठाकुर,उपाध्यक्ष सतिश ठाकुर,कोषाध्यक्ष सोनु ठाकुरले कपाल काट्ने व्यावसायमा व्यवासयीहरु पुरै मारमा परेकाले राज्यले तत्काल क्षतीपूर्ती दिनु पर्ने र सुरक्षित ढंगले व्यवसाय सञ्चालन गर्न दिनु पर्ने माग गरेकाछन् ।

ती कार्यक्रमहरुमा सौन्दर्य कला व्यावसायी संघ धनकुटा र नेपाल नाई संघ धनकुटाका पदाधिकारी तथा सदस्यलाई कोरोना विरुद्धको सूरक्षित तथा स्वास्थ्य समाग्री र औषधी वितरण गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।