धनकुटाको छथरजोरपाटीमा बसाईसरी आए ‘दुहुना गाई’ उपहार !

मानवी तामाङ, धनकुटा खबर । धनकुटाको छथरजोरपाटि गाँउपालिकाले खोलि-खाल्सा तथा बाझो जमिनको सदुपयोग गर्नका लागि गाँउपालिकामा स्थायि रुपमा बसाइसरी आउने परिवारलाई लहिनो दुहुना गाई उपहार कार्यक्रम अघि सारेको छ ।

यस चालु आर्थिक वर्षमा छथरजोरपाटि गाँउपालिकाले गाँउपालिकामा स्थायि रुपमा बसाइसरि आएका ९ जनाको परिवारलाई लहिनो दुहुना गाई उपहार दिएको छ । निशुल्क गाँउपालिकाले ६१ — ६१ हजार पर्ने ९ वटा लहिनो गाइ खरिदगरेर बसाइसरी आएका ९ घर परिवारलाई वितरण गरिएको गाँउपालिका अध्यक्ष सेरबहादुर लिम्बुले बताए ।

गाँउपालिका भित्र स्थायि रुपमा बसाइसरी आएका कम्तिमा पनि बसाइसरी आएको ३ महिना पुगेको घरपरिवारलाई उनीहरुको रोजीरोटिको व्यवस्था होस दुध बेचेर आम्दानी स्रोत बन्नेछ जिबिको चलाउन सहजहोस भनेरे लहिनो दुहुना गाइ वितरण गरेको अध्यक्ष्य लिम्बुले बताए । साथै उनले यो कार्यक्रमले प्रोत्साहन मिल्ने र खालि तथा खाल्सा बाझो जमिन सदुपयोग गर्न गाँउपालिकामा सहयोग पुग्ने बताए ।

यस वर्ष गाँउपालिकामा माहालक्ष्मी नगरपालिका बाट २, पाख्रीबास नगरपालिकाबाट १ र धनकुटानगरपालिका बाट ६ घरपरिवार गरि ९ परिवार छथरजोरपाटि गाँउपालिकामा स्थायि रुपमा बसाइसरी आएकाछन् । उक्त गाँउपालिकामा जिल्ला भित्रकार बाहिरजिल्लाको जुनसुकै ठाँउबाट स्थायिरुपमा बसाइसरी आउने परिवारले दुहुना गाई उपहार पाउने व्यवस्था गरेको छ । गाईको निःशुल्क बीमाको पनि व्यवस्था रहेको छ ।

छथरजोरपटि गाँउपालिकाले भखरै समपन्न गाँउसभा मार्फत खालि बाझो जग्गा सदुपयोग तथा कृषि पेशा बाट आर्थिक विकास गर्न कृषि व्यवसायलाई व्यसायीकरण गर्दे पालिकामा कृषि उत्पादन तथा उत्पादकत्व बढाउन कृषि प्रवद्धन स्रोत भर्ना सापटी कार्यक्रमका लागि रु २० लाख र कृषि क्षेत्रमा कृषकलाई प्रोत्साहीत गर्न “ सय मुरी धान —बीस हजार सम्मान ” ”पचास मुरी मकै —बीस हजार सरलकै ” “सयटन तरकारी बीस हजरा पुरस्कार जितौ सरकारी ” जस्ता पुरस्कार सहितको कार्यक्रम सञ्चालन गर्ने गरी आर्थिक वर्ष २०७७।०७८ को लागि कृषि क्षेत्रमा १ करोड ३९ लाख ५ हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै पशुपालन पशु सेवा तर्फ यूवालक्षित व्यवसायिक फार्महरुका लागि १ करोड ८ लाख ५ हजार बजेट विनियोजन गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।