राखेपद्वारा लामा र गिरीलाई क्यान सदस्यमा सिफारिस

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले छुम्बी लामा र धर्मराज गिरीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) को कार्यसमिति सदस्यका लागि सिफारिस गरेको छ । परिषद्बाट क्यानमा दुई सदस्य मनोनयन गर्ने प्रावधानअनुरुप लामा र गिरीलाई राखेपले सिफारिस गरेको हो ।

लामा र गिरीको मनोनयनसँगै क्यान कार्यसमितिले नौ महिनापछि पूर्णता पाएको छ । दुवै जनालाई राखेपले मङ्गलबार आधिकारिक पत्र प्रदान गरेको छ । लामाले आफूले लामो समयसम्म दिएको योगदानको राखेपले कदर गरेको बताए । उनले क्रिकेट विकासमा आफू लागिपर्ने उल्लेख गरे । लामासित क्यानका पूर्वअध्यक्ष टङ्क आङबुहाङको टोलीमा रहेर काम गरेको अनुभव छ । उनले यसअघि क्यानमा चिफ अपरेटिङ अफिसरका रूपमा काम गरिसकेका छन् । लामा पोखरा प्रिमियर लिग (पिपीएल)को आयोजक क्वीन्स इभेन्टका प्रबन्ध निर्देशकसमेत रहेका छन् ।

यस्तै अर्का मनोनित सदस्य गिरी मदन मण्डारी स्पोर्ट्स फाउण्डेशनको क्रिकेट विभागका उपाध्यक्ष हुन् । राखेपले यही असार १० गतेको सदस्यसचिवस्तरीय निर्णयबाट लामा र गिरीलाई क्यान कार्यसमिति सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।