एकल महिलाका लागि धनकुटामा निर्माणाधिन भवन मर्मतको खर्च विवण सार्वजनिक

धनकुटा खबर । एकल महिलाका लागि धनकुटामा निर्माणाधिन भवन मर्मतको खर्च विवण आज सार्वजनिक गरिएको छ । धनकुटा ५ मा निर्माण भईरहेको भवन मर्मतको खर्च विवरण संविधानसभा सभा सदस्य अञ्जना ताम्लिको प्रमुख आतिथ्य तथा मानव अधिकारका लागि महिला एकल महिला समूह धनकुटाकी अध्यक्ष मिना राईको अध्यक्षतामा सञ्चालित कार्यक्रमको वीच खर्च विरण सार्वजनिक गरिएको हो ।

संघिय संषद राजेन्द्र कुमार राईको संषाद विकास कोषबाट प्राप्त १० लाख, १ लाख ४३ हजार २ सय ८० रुपयाँ बराबरकाे जनश्रमदान र धनकुटा नगरपालिकाकाे प्राविधिक सहयाेगमा तीन तला अग्लो भवनको तेश्रो तलामा हल वनाईएको, एउटा शौचालय, दुई वटा वाथरुम, टप मा जाने भर्याङ वनाउने लगायतको काम गरिएको कार्यक्रममा जानकारी दिईएकाे छ ।

अझ भवनको अगाडी कम्पाउण्ड वनाउन, दोश्रो र तेश्रो तलामा विजुली वत्ती जडान गर्न रकम अपुग भएको समूहको अध्यक्ष राईले वताउनुभयो । यो भवन पूरा र व्यवस्थित भएपछि एकल महिलाहरुले न्याय नपाउञ्जेलका लागि त्यही वस्ने व्यवस्था गर्ने,सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने सहितका लक्ष राखिएको उहाँले वताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य समूहकी उपाध्यक्ष ईश्वरी श्रेष्ठले राख्नु भएको थियो भने सञ्चालन सहयोगी दूर्गा पौडेलले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।