पाख्रीबासस्थित राम्चेडाँडाको भ्यूटावर निर्माण कार्य अब अन्तिम चरणमा

धनकुटा खबर । संसार कै सवै भन्दा होचो भू-भाग अरुण उपत्यका सहित मकालु र कञ्चनजङ्घा जस्ता अग्ला हिमश्रृङ्खला समेत एउटै ठाउँवाट अवलोकन गर्न सकिने धनकुटाको पाख्रीवास नगरपालिका राम्चे डाँडामा वन्दै गरेको भ्यूटावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

यही चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष राखिएको ५ तला अग्लो यस भ्यूटावर निर्माणको काम सकिन झण्डै २५ प्रतिशत बाँकी रहेको पाख्रीवास नगरपालिका प्रमुख वृष वहादुर राईले वताउनुभयो । नगरमा पर्यटन प्रवद्र्धन गर्दै आन्तरिक आय समेत वृद्धी गर्ने लक्षका साथ क्रमागत योजना अनुसार १ करोड ३५ लाख वरावरको लागतमा यो भ्यूटावर निर्माण गरिएको हो ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ को ५० लाख वजेट मार्फत पर्यटकीय स्थल संसारी माईपूजा सिमसार क्षेत्र विकासका लागि अहिले काम भईरहेको उहाँले वताउनुभयो । अघिल्लो आर्थिक वर्षहरुमा पर्यटन र कृषीलाई प्राथामिक्तामा राखि भ्यूटावर निर्माण, संसारी माईपूजा सिमसार क्षेत्रको थप विकास गर्ने जस्ता काम गर्दै अएको यो नगरले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि पर्यटन क्षेत्रको विकासलाई प्राथामिक्ता दिएको नगर प्रमुख राईको भनाई छ ।

जसअनुसार आउँदो वर्ष प्रदेश सरकार मार्फत पाख्रीवास ७ र ८ को सिममानामा पर्ने जलदेवी सिमसार क्षेत्र विकासका लागि ६० लाख र ४ नं वडाममा पर्ने संसारीमाईपूजा सिमसार क्षेत्रको लागि १० लाख वजेट प्राप्त हुने उहाँले वताउनुभएको छ ।

“पाख्रीवासको दृष्टि,शिक्षा,स्वास्थ्य,पर्यटन र कृषी” भन्ने मूल नारा सहित आगामी आ.व को लागि वजेट प्रस्तुत गरेको यस नगरले “एक पटक हैन पाख्रीवास घुमौँ पटक पटक” भन्ने नारालाई स्थापित गर्ने नीति लिई नगरमा रहेका राम्चेडाँडा, तीनतले ढुङ्गा, थाम डाँडा, डिकुरे गजथुम्वा डाँडा, फावा झरना, पञ्चकञ्या देवीथान, भूल्के सिमसार, ईन्द्रेणी झरना जस्ता धार्मिक एवम् पर्यटकीय क्षेत्रहरुको विकास, विस्तार र प्रचारप्रसार गर्दै पर्यटक आकर्षण केन्द्रको रुपमा विकास गर्न सार्वजनिक नीजि साझेदारीको अवधारणालाई अङ्गिकार गर्ने जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।