धनकुटाका युवाले बनाए बाँदर धपाऊने यस्तो यन्त्र (हेर्नुहोस् भिडियो सहित)

शर्मिला राई, धनकुटा खबर । आफुले लगाएको वाली नाली वाँदरले खाएर सखाप वनाई धेरै स्थानका किसानहरु वसाई सर्न वाध्य भईरहेको वेला धनकुटाको पाख्रीवास नगरपालिका १ सान्नेका युवाहरुले वाँदर धपाउने यन्त्र “वाँदरे तोप” वनाएका छन् । त्यहाँका २५ वर्ष उमेर समूहका युवाहरु गोपाल थापा, दिपक अधिकारी, मजनुदिन खान र मनिषा थापाले वाँदर धपाउने यन्त्र “वाँदरे तोप” वनाउन थालेका हुन् ।

गएको १ हप्ता देखी यो यन्त्र वनाउन थालेका उनिहरुले अहिले सम्म २० थान वनाएको वताएका छन् । वनाईएका सवै यन्त्र विक्रि पनि भईसकेको गोपाल थापाले वताउनुभयो । थापाका अनुसार सो यन्त्र धनकुटा नगरपालिका ७ मा १० थान,ओख्र्रेमा ५ थान सहित अन्य स्थान मानिसले लगेकाछन् । अहिले पनि धनकुटा कै महालक्ष्मी नगरपालिका, धनकुटा नगरपालिकाको भिरगाउँ, र तेह्रथुम जिल्लाको केही स्थानवाट पनि यसको माग आईरहेको थापाले वताउनुभयो ।

उनिहरुले यो यन्त्र प्रतिगोटा २५ सय रुपयामाँ विक्रि गर्ने गरेकाछन् । महालक्ष्मी नगरपालिकाको लेखनाथ पौडेलको हौसला र सल्लाह अनुसार आफुहरुले यो यन्त्र वनाउन थालेको उनिहरुले वताएकाछन् । पौडेलले यो यन्त्र वनाउन हौसला दिएपछि यसअघि यस्तै यन्त्र वनाईरहेका अन्य स्थानका साथिहरुवाट फोन मार्फत कुरा गरी सिकेर वनाउन शूरु गरेको गोपाल थापाको भनाई छ ।

यो यन्त्र पाईप, लिक्विड, कार्वन लगायतका सामाग्रीबाट वन्ने थापाले वताउनुभयो । यसले वाँदर, दुम्सि, सलह जस्ता जीपजन्तु धपाउन मिल्ने जनाईएको छ । यो यन्त्र ती युवाहरुले वनाउन थाले पछि अव किसाहरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ । भिडियोमा हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।