धनकुटाको महालक्ष्मी नगरपालिकामा अनौठो र आकर्षक पार्क निर्माण (भिडियो सहित)

कबिराज घिमिरे, धनकुटा । पहाडी क्षेत्रकका डाँडाकाडाँडा आफैमा मनमोहक हुने गरेका छन् । तर पुर्बाधार अभाबका कारण प्रसस्त पर्यटकिय सम्भाबना बोकेका डाँडा ओझेलमा पर्ने गरेका छन् । धनकुटाको महालक्ष्मी नगरपालिकामा रहेको एक त्यस्तै डाँडोमा भने नमुना पार्क निर्माण गरीएको छ ।

महालक्ष्मी नगरपालिका वडा नं. ६ र ७ को सिमानामा पर्नै गढीमा डाँडैडाँडा वनझाक्री पार्क निर्माण गरिएको छ । प्रदेश सरकार अन्तरगत शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको लगानीमा २ करोड ८३ लाख ७९ हजार ६ सय ५५रुपैयाको लगानीमा पार्क निर्माण गरिएको हो । पार्कमा वनझाक्रीको मूर्ति, पर्यटकका लागि करिब एघार सय खुड्किला रहेको रेलिङ रहितको सिढी र विश्रामस्थल, सौचालय आदि निर्माण गरिएको छ । पार्क निर्माण भएपछि स्थानीयबासी पनि खुसि भएका छन । पार्क निर्माणसँगै नगरपालिकाले पर्यटन क्षेत्रमा एउटा ठूलो फड्को मारेको स्थानीय नारायण पौडेलको भनाइ छ ।

यस क्षेत्रबाट अरुण नदि आसपासका फाटिला क्षेत्र, बिश्वकै होचो अरुण उपत्यका, मौसम खुलेको समयमा मकालु लगायत बिभिन्न हिमश्रृखला देख्न सकिन्छ । पार्क निर्माण ०७६ साउन १९ गते सुरु भएको र आगामी माघ १९ गते सम्पन्न हुने सम्झौता भएपनि सम्झौताको अबधीको ७ महिना अघि नै निर्माण सम्पन्न भएको पार्क निर्माणको ठेक्का पाएको वाइपिआर निर्माण सेवाका सञ्चालक महेन्द्र निरौलाले बताउनु भयो ।

महालक्ष्मी नगरपालिकाले यो पार्कसँगै अन्य पार्क पनि निर्माण गरिरहेको जनाएको छ । पार्क निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी स्थानीय सम्पदास्थल एवम् सांस्कृतिक गतिविधिलाई समेत प्रचार–प्रसार गर्ने लक्ष्य राखिएको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताउनु भयो ।

वन झाक्री पार्क निर्माणस्थलममा परापूर्वकालमा वनझाक्रीहरु घुम्ने गरेको किम्बदन्ती रहेकोले वनझाक्री पार्क निर्माण गरिएको हो । पार्कमा पर्यटकको सुविधाका लागि विभिन्न पूर्वाधार निर्माण गरिने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।