धनकुटाका ७ वटै स्थानिय तहका ८० देखि ८५ प्रतिशत वालवालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईयो
धनकुटा । धनकुटाका विभिन्न स्थानिय तहका ८० देखी ८५ प्रतिशत वालवालिका लाई भिटामिन ए र जुकाको औषधि खुवाईएको छ ।
सरकारको देश व्यापी कार्यक्रम अनुसार आज र हिजो जिल्लाको ७ वटै स्थानिय तहका ६ महिनादेखी ५ वर्ष मूनिका वालवालिकालाई भिटामिन ए र १ वर्ष देखी ५ वर्ष सम्मका जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिएको थियो ।
स्थानिय तहका सम्वन्धित स्वास्थ्य शाखाहरुबाट ८० देखी ८५ प्रतिश वालवालिकालाई औषधि खुवाईएको प्रारम्भिक जानकारी प्राप्त भएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनुभयो ।
औषधि खुवाउन सामाजिक दूरी कायम गर्दै जिल्लाभर ३ सय ४२ महिला स्वास्थ्य स्वम्सेविका परिचालन गरिएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।


