धनकुटाको यो ठाऊँ जहाँ सित्तैमा टन्न आँप खान र सके जति लान पाईन्छ
धनकुटा खबर । अहिले आँप पाक्ने समय हो, आफ्नै बगैचामा आँप हुनेहरुले खानका लागि किनि रहन पर्दैन तर आफ्नो बारीमा नहुनेहरुले किनेर खानु पर्ने बाध्यता रहेको छ । तर धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका ४ को तल्लो क्षेत्रमा आँप पाक्न सुरु गरेको छ ।
तर त्यस क्षेत्रमा आँप खान पैसा तिर्नु पर्दैन निजी जग्गामा लगाईका बगैंचामा समेत आँप सितैमा खान पाइन्छ बन क्षेत्रमा समेत आँप फलेका छन् त्यस ठाउँका आँप भने खान मात्र होईन ल्याउन समेत सितैमा पाइन्छ कुनै पैसा लगदैन । कुनै समय आँप बगैंचा रुङनका लागि समेत तछाड मछाड हुने यो स्थानमा यति बेला भने त्यहाँका कुनै बगैचा रुंगिएका छैनन् । न त स्थानियले आँप खान आउने लाई रोकतोक नै लगाएका छन् ।

यो क्षेत्रमा आँप प्रसस्त पाइन्छ तर बजार व्यावस्थापनमा कसैको ध्यान नजादा लाखै मूल्यको आँप खेर गइ रहेको छ त्यसैले आएर आँप खाने र लानेलाई सितैमा पाईने स्थानिय मेघराज खतिवडा बताउँछन् । उनले भने आम्दानीको राम्रो स्रोत आँप भए पनि बजार व्यावस्थापन नभएकोले लाखैं मुल्य बरावरको आँप त्यसै खेर गइरहेको छ । थोरै बेचेर सकिदैन् धेरै बेच्नका लागि बजार छैन अहिले झनै लकडाउनले समस्या गरेको छ ।
स्थानियका बारी र बगैचामा आँप प्रसस्त छन् सामुदायीक वनमा समेत आँप छन तर विक्रि हुदैन आँप खान आउनेले सितैमा खान्छ लान पनि सितैमा पाईने भएकोले अन्य गाउँबाट दैनिक २० जना देखि ३० जना सम्म आएर आँप खाने र लैजाने गरेको अर्का स्थानिय टेकबहादुर थापाले बताए । त्यसरी खेर गईरहेको आँपको बजारीकरण गर्न सकिए स्थानिको आय आर्जन हुने थियो भने उत्पादीत बस्तु समेत त्यसै खेर जाने थिएन् ।


