धनकुटाको जोरपाटीमा अ,स्थायी आधारभूत स्वा,स्थ्य सेवा सुरु
धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका २ जोरपाटीमा अस्थायी आधारभूत स्वास्थ्य सेवा केन्द्रको उ,द्घाटन गर्नुका साथै सेवा पनि आजवाटै सूचारु गरिएको छ ।
गाउँपालिकाका २ नं वडाध्यक्ष कृष्ण कुमार मगरको अध्यक्षतामा सञ्चालित एक कार्यक्रमको वीच छथरजोरपाटीगाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि शेर वहादुर लिम्वुले स्वास्थ्य केन्द्रको आज उ,द्घाटन गर्नुभएको हो ।

स्वास्थ्य संस्था नभएका वडाहरुमा स्वास्थ्य केन्द्र स्थापना गरि सर्वसाधारणलाई सहज रुपमा आधारभूत स्वास्थ्य सेवा दिने सरकारको लक्ष अनुसार स्थापित यो केन्द्रमा अहिले एक अहेव र एक कार्यलय सहयोगीले सेवा दिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डङ्गोलले जानकारी दिनुभयो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भीमकला श्रेष्ठ वजार व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र पुलामी मगर सहित विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधिले शूभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाका स्वास्थ्यशाखाका सह-संयोजक दिनप्रसाद दुलालले गर्नुभएको थियो ।


