धनकुटाबाट स्वाव संकलन गरि पठाईएका मध्ये रिर्पोट आउन बाँकी १ जनाको रिपोर्ट पनि नेगेटिभ
धनकुटा । कोरोना जाँच लागि धनकुटाबाट स्वाव संकलन गरि पठाईएका मध्ये रिर्पोट आउन बाँकी १ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यो सँगै हाल सम्म पिसिआर विधिबाट कोरोना जाँच गरिएका १ हजार ४ सय १६ जना मध्ये १ हजार ३ सय ९६ जना नेगेटिभ र २० जनाको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
पोजिटिभ नतिजा आएका मध्ये १७ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् भने दुई प्रहरी र एक स्वास्थ्यकर्मी सहित तीन जना उपचाररत रहेको स्वास्थ्य कार्यलयले जनाएको छ । कोरोना पोजेटिभ देखिएका तीन जना मध्ये पनि २ जना गोठगाउँ र १ जना कोभिड अस्पताल विराटनगरमा उपचाररत रहेको प्रमुख गुरागाईले वताउनुभयो ।
यसअघि धनकुटा नगरपालिकाका ४ जना,शहिदभूमी गाउँपालिकाका ४८ जना,महालक्ष्मि नगरपालिकाका १४,सागुरीगढी गाउँपालिकाका २३ जना रिपोर्ट नेगेटिभ आईसकेको छ । अव भोलि शहिदभूमीका संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा अन्य व्यक्तिहरुको र ल्यावबाट स्वीकृति पाएमा दुई प्रहरीको सम्पर्कमा रहेकाहरुको पनि नमूना संकलन गरिने उहाँले वताउनुभयो ।


