धनकुटामा कोरोना विरामीको उपचार शुरु

धनकुटा खबर । धनकुटामा स्थापना गरिएको आईसोलेशन सेन्टरमा आज देखी कोरोना विरामीहरुको उपचार शुरु गएिको छ । पूर्वी पहाडी जिल्लाहरुमा पहिलो पटक धनकुटाको निर्माणधिन औद्योगिक ग्राममा स्थापना गरिएको आईसोलेशन सेन्टरमा पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका विरामीहरुको उपचार गर्न शुरु गरिएको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनु भयो ।

हिजो साझ सम्म स्थापना गरिएको आईसोलेशन सन्टेरमा धनकुटा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १३ जना प्रहरी,नेपाल टेलिकमका ४ जना कर्मचारी र धनकुटाका दुई जना स्थानीयलाई भर्ना गरी आज विहान देखी धनकुटा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र धनकुटा नगरपालिाका स्वास्थ्यकर्मीहरुको टोलीको निगरानीमा उपचार शुरु भएको जिल्ला अस्पताल धनकुटाका प्रमुख डा पुजन विश्कवर्माले वताउनु भयो ।

दिन प्रतिदिन कोरोना भाईरसको विरामीको संख्या धनकुटामा बढ्दै गएकाले अव धनकुटा औद्योगिक ग्राममा स्थापना गरिएको आईसोलेशन सेन्टरमा १ सय बेड सम्म स्थापना गर्नु पर्ने अति आवाश्यक भएकोले थप आईसोलेशन वार्ड स्थापना गर्न धनकुटा उद्योग बाणिज्य संघले पनि सहयोग गर्ने संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनुभयो । उहाँले अन्य निकायहरुलई पनि यो कार्यमा सहयोग गर्न अनुरोध गर्नुभयो ।

जिल्लाका सात वटै स्थानिय तहले पनि अव कम्तिमा २० वटा आईसोलेशन वार्ड आ आफ्नो तहमै तत्काल स्थापना गर्न आवाश्यक रहेको भन्दै संघले सम्पूर्ण स्थानीय तहलाई आईसोलेशन वार्ड स्थापनाका लागि अनुरोध गरेको छ । स्वास्थ्य उपचारका लागि यहाँको हावापानी अनुकुल भएकाले कोरोना संक्रमितहरुको उपचारका लागि धनकुटाको आईसोलेशन सन्टेर उपयुक्त हुने र संक्रमितहरुलाई सहज हुने भएको समेत नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले वताउनु भयो ।

कोभिड १९ धनकुटा जिल्ला स्तरीय सिसिएमसिको बैठकले धनकुटा नगरपालिका वडा नं ६ मा रहेको औद्योगिक ग्राममा २० वटा आईसोलेशन वार्ड स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेअनुसार २० वटा आईसोलेशन वाड स्थापना गरि सञ्चालन गरिएको हो । अव जिल्ला अस्पताल धनकुटामा आईसियू र भेन्टिलेटर सहितको १० वार्ड स्थापना गर्ने र पिसिआर मेसिन खरिद गर्ने प्रक्रिया पनि चाडै अगाडी बढाईने धनकुटा अस्पतालका प्रमुख बिश्वकर्माले वताउनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖