धनकुटा जिल्लामा आज सम्मको कोरोना अपडेट यस्तो छ !
धनकुटा । जिल्लामा आज सम्म आरडीटी परिक्षण विधिबाट परिक्षण गरिएका ११३८ मध्ये २८६ जना महिला र ८५२ जना पुरुष रहेका छन् । जसमध्ये आरडिटी पोजिटिभ देखिएका ३२ र नेगेटिभ देखिएका ११०६ जना रहेका छन् । ती आरडीटी पोजेटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
पीसीआर परिक्षण विधिबाट परिक्षण गरिएका कुल १८६३ मध्ये ५६१ जना महिला र १३९२ जना पुरुष रहेका छन् । जसमध्ये पीसीआर पोजेटिभ ३९ जना र नेगेटिभ देखिएका १६०४ जना रहेका छन् । पीसीआर परिक्षण गरिएका १८६३ जना मध्ये १६४३ जनाको नतिजा आइसकेको र २२० जनाको आउन बाँकी रहेको छ ।
पीसीआर पोजेटिभ देखिएका ३९ जनामा १९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने १ जना बिराटनगर स्थित कोभिड अस्पतालमा र १९ जना धनकुटा स्थित औद्योगिक ग्रामको आइसोलेसन वार्डमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनाएको छ ।


