धनकुटाको कोरोना परिक्षणको पछिल्लो विवरण यस्तो छ
धनकुटा खबर, १७ भदौ । धनकुटा बाट परिक्षणका लागि पठाइएका मध्ये १ सय ३३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आज बुधबार सम्ममा १ हजार ८ सय ६३ जनाको पिसिआर परिक्षणद्धरा स्वाव संकलन गरिएको छ ।
आज सम्म १ हजार ६ सय ९१ जनाको कोरोना रिपोट नेगेटिभ आएको छ भने ३९ जनामा कोरोना संक्रमण देखिएको र २० जना उपचार पछि निको भइसकेका छन् भने १९ जना उपचारको क्रममा रहेको स्वाथ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुराँगाईले जानकारी दिनु भयो ।
अब शहिदभूमी गाउँपालिकाका २ जना छथरजोरपाटि गाउँपालिकका ५० जना, धनकुटा नगरपालिकाका ६० जना र महालक्ष्मी नगर पालिकाका २१ जनाको नतिजा आउन वाँकी रहेका प्रमुख गुराँगाईले जानकारी दिनु भयो ।


