धनकुटाको एक नपा र एक गापाका गरि ७१ जनाको कोरोना परिक्षण नतिजा नेगेटिभ
भाद्र १८,धनकुटा । धनकुटाकाे छथरजाेरपाटी गाउँपालिकाका ५० जना , महालक्ष्मी नपा का २१ जनाकाे नतिजा पनि सवैकाे नेगेटिभ आएकाे छ ।
याे सँगै आज विहान ५ वजे सम्मकाे विवरण अनुसार जिल्लाकाे १ हजार ८ सय ६३ जना काे पिसिआर जाच गरिएकाे छ । जसमध्ये ४० जनाकाे पाेजेटिभ
र १ हजार ८ सय २३ जनाकाे नेगेटिभ नतिजा आएकाे छ ।
पाेजेटिभ मध्ये निकाे भएका २० जना र उपचाररत २० जना छन् । उपचाररत २० जना मध्ये पनि १९ जनालाई धनकुटा अस्पतालकाे आईसाेलेसनमा राखि उपचार गरिदैछ भने हिजाे पाेजेटिभ नतिजा आएका १ जनालाई पनि यहि आईसाेलेसनमा राख्न पालिककाे समन्वयमा भरै सम्ममा ब्यवस्थापन गरिने स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनु भयाे ।


