धनकुटा जिल्लामा आज सम्मको कोरोना अपडेट यस्तो छ !
धनकुटा । जिल्लामा आज सम्म आरडीटी परिक्षण विधिबाट परिक्षण गरिएका ११३८ मध्ये २८६ जना महिला र ८५२ जना पुरुष रहेका छन् । जसमध्ये आरडिटी पोजिटिभ देखिएका ३२ र नेगेटिभ देखिएका ११०६ जना रहेका छन् । ती आरडीटी पोजेटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
पीसीआर परिक्षण विधिबाट परिक्षण गरिएका कुल १९०० मध्ये ५६३ जना महिला र ११३७ जना पुरुष रहेका छन् । जसमध्ये पीसीआर पोजेटिभ ४० जना र नेगेटिभ देखिएका १८६० जना रहेका छन् ।
पीसीआर पोजेटिभ देखिएका ४० जनामा २९ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने २० जना धनकुटा स्थित औद्योगिक ग्रामको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।


