आज धनकुटाका १९ जनाको नमूना संकलन गरि धरान पठाईयो
भाद्र २२ धनकुटा । आज फेरी धनकुटाका १९ जनाको कोरोना जाचका लागि पिसिआर नमूना संकलन गरि पठाईएको छ ।
स्वास्थ्य कार्यलय धनकुटाका अनुसार धनकुटा नगरपालिकाका ८ जना र चौविसे गाउँपालिकाका ११ जनाको नमूना संकलन गरि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको पठाईएको हो ।
उनिहरुको नतिजा पर्सि सम्ममा प्राप्त हुने अपेक्षा गरिएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनुभयो ।
उहाँका अनुसार यसअघि कोरोना संक्रमण पुष्टि भई हाल धनकुटा अस्पतालको आईसोलेसनमा उपचाररत १९ जनाको पनि आजै दोश्रो पटक नमूना संकलन गरि धरान पठाईएको छ ।


