धनकुटाको आईसोलेशनमा उपचाररत आज नेगेटिभ नतिजा आएका १४ जनालाई आजै डिस्चार्ज गरिने

धनकुटा खबर । कोरोना जाचका लागि पछिल्लो पटक धनकुटाबाट पिसिआर नमूना संकलन गरि पठाईएकाहरु मध्ये १६ जनाको रिपोर्ट प्राप्त भएको छ ।

धनकुटा नगरपालिकाका ८ र चौविसे गाउँपालिकाका ८ जना गरि जम्मा १६ जनाको रिपोर्ट नेगेटिभ आएको हो । अव चौविसे गाउँपालिकाका ३ जनाको रिपोर्ट आउँन बाँकी रहेको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

त्यस्तैगरि कोरोना पोजेटिभ पुष्टि भई धनकुटा अस्पतालको आईसोलशनमा उपचाररत १९ जनाको अस्ति दोश्रो पटक नमूना संकलन गरि पठाईएकोमा १४ जनाको रिपोर्ट नेगेटिभ आएको उहाँले वतउनुभयो । अन्य ५ जनाको आउन बाँकी छ ।

यो सँगै अहिले सम्म जिल्लाका १ हजार ९ सय १९ जनाको पिसिआर विधि बाट कोरोना जाच गरिएको छ । ती मध्ये १ हजार ८ सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४० जनाको पोजेटिभ रिपोर्ट आएको छ ।

यसअघि पोजिटिभ रिपोर्ट आएका मध्ये पनि २० जना निको भईसकेको छन् भने आईसोलेशनमा उपचाररत आज नेगेटिभ नतिजा आएका १४ जनालाई आजै डिस्चार्ज गरिने स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।