धनकुटामा २ हजार ६८ जनाको पिसिआर प्रविधिबाट कोरोना जाँच
भाद्र २७,धनकुटा । धनकुटामा पिसिआर विधिवाट कोरोना जांच गरिएकाहरुको संख्या २ हजार ६८ जना पुगेको छ ।
स्वास्थ्य कार्यलय धनकुटाका अनुसार पछिल्लो पटक एक गाउँपालिका र एक नगरपालिकाबाट १०८ जनाको पिसिआर रिपोर्ट पठाईएका मध्ये सवैको नतिजा आए सँगै यो विधिबाट कोरोना जांच गरिएकाहरुको संख्या २ हजार ६८ पुगेको हो ।
जिल्लाको चौविसे गाउँपालिकाका ३ संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ३० र महालक्ष्मी नगरपालिकामा सार्वजनिक कामका लगि वाहिरवाट आएका कामदार ७८ जना सवैको नतिजा नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
उनिहरुको पिसिआर नमूना भदौ २५ गते संकलन गरिएको थियो । यस्तै हिजो छथरजोरपाटी गाउँपालिका वाट अरु ४० जनाको नमूना संकलन गरि कोरोना जांचका लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ । उनिहरुको नतिजा पर्सि सम्ममा आउने पनि उहाँले वताउनुभयो ।
यो विधिबाट कोरोना जांच गरिएकाहरु मध्ये अहिले सम्म ४४ जनाको नतिजा पोजेटिभ आएको छ । जसमध्ये ३४ जनाले कोरोनालाई जितेर डिस्चार्ज भईसकेकाछन् । सक्रिय संक्रमित १० जना उपचाररत छन् । अब छथरजोरपाटी गाउँपलिकाका ४० जनको रिपोर्ट आउन बाँकी छ ।


