धनकुटा जिल्लामा आज सम्मको कोरोना अपडेट यस्तो छ !
धनकुटा । जिल्लामा आज सम्म आरडीटी परिक्षण विधिबाट परिक्षण गरिएका ११३८ मध्ये २८६ जना महिला र ८५२ जना पुरुष रहेका छन् । जसमध्ये आरडिटी पोजिटिभ देखिएका ३२ र नेगेटिभ देखिएका ११०६ जना रहेका छन् । ती आरडीटी पोजेटिभ देखिएकाहरुको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
पीसीआर परिक्षण विधिबाट परिक्षण गरिएका कुल २९०९ मध्ये ६१६ जना महिला र १४९३ जना पुरुष रहेका छन् । जसमध्ये पीसीआर पोजेटिभ ४४ जना र नेगेटिभ देखिएका २०१४ जना रहेका छन् भने ४१ जनाको नतिजा आउन बाँकी रहेको छ ।
पीसीआर पोजेटिभ देखिएका ४४ जनामा ३५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ६ जना धनकुटा स्थित औद्योगिक ग्रामको आइसोलेसन वार्डमा उपचार भइरहेको छ भने १ जनाको वि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा,धरानको कोभिड अस्पतालमा र २ जनाको गोठगाउं स्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।


