डा राम प्रसाद पोखरेल आंखा अस्पतालमा दैनिक रुपमा आँखाको शल्यक्रिया सेवा आजबाट शूरु
आश्विन ५ ,धनकुटा ।नेपाल नेत्र ज्योती संघ धनकुटाबाट सञ्चालित डा राम प्रसाद पोखरेल आंखा अस्पतालमा दैनिक रुपमा आँखाको शल्यक्रिया सेवा आजबाट शूरु भएको छ ।संघ धनकुटा शाखा सभापति रोशेष श्रेष्ठको अध्यउक्ष्तामा आज वसेको वैठकमा यस्तो जानकारी दिईएको हो ।

हप्ताको एक दिन मात्र आँखाको शल्याक्रिया हुँदै आएको यो अस्पतालमा अव दैनिक यो सेवा दिईने नेपाल नेत्र ज्योती संघ धनकुटाका सभापति श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा आखा उपचारलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउदै जाने क्रममा ओपिडिमा दैनिक नेत्र चिकित्सकहरुले आखा जाच गरी शल्यक्रिया गर्नु पर्ने विरामीहरुलाई दैनिक अप्रेशनको सेवा दिन थालिएको उहाँको भनाई छ ।
यसैवीच नेपाल नेत्र ज्योती संघ धनकुटाको कार्यालय कक्ष निर्माणका लागि निर्वतान सभापतिले तथा केन्द्रिय कोषाध्यक्ष दोर्ण गुरागाईले १ लाख ५० हजार रुपैया प्रदान गर्नु भएको छ ।
अस्पताल भवन भित्र कार्यलय कक्ष निर्माणका लागि खर्च भएको १ लाख ५० हजार रुपैया व्यक्तिगत तर्फबाट सहयोग स्वरुप संघ धनकुटा शाखाका सभापति रोशेष श्रेष्ठलाई आज प्रदान गर्नु भएको संघका प्रचार प्रसार समिति संयोजक विजय सन्तोषी राईले वताउनु भयो । जिल्लामा आँखा उपचार सेवालाई अझ गुणस्तरिय बनाउदै अत्याधुनिक प्रविधिबाट उपचार सेवा थप विस्तार गरिने जनाईएको छ ।


