धान खेतमा र’गिन बीउ उत्पादन गर्दै कृषि सहकारी
कैलाली । कैलालीमा धान बी’जवृद्धि खेती गरेका कृषि सहकारी धान खेतमा र’गिन गरिरहेका छन् ।बी’उमा जा’तीय शु’द्धताका लागि खडा अवस्थामा रहेको तयारी धान बालीमा र’गिन ग’र्न थालेका हुन् । कैलालीको जानकी गाउँपालिका स्थित बी’जवृद्धि सहकारी संस्था मु’नुवाले यस वर्ष १०९ हेक्टर क्षेत्रफलमा विभिन्न जा’तका धानको बीजवृद्धि खेती गरेको छ । सहकारीले प्रत्यक्ष नि’गरानी र सुपरीवेक्षणमा गुणस्तरीय बी’उ उत्पादन गर्ने गरेको छ ।गुणस्तरीय बीउअन्तर्गत जा’तीय शुद्धताका लागि सहकारीले पाक्न थालेको बि’जवृद्धिका लागि खेती गरिएको तयारी बालीमा दैनिक एक स’मूह परिचालन गरेको छ ।
तालिमप्राप्त स’मूहले धानखेतीमा पस्ने र बे’जात धानका बाला निकाल्ने काम गरिरहेको सहकारीका प्रबन्धक गोविन्द रावतले बताए । ‘वि’ज्ञसहितको स’मूहले खेतमा बे’जात धानका बाला का’ट्न थालेको छ, यसले धानको बीउ शुद्ध बनाउन सहयोग पुग्छ’, रावतले भने, ‘यसरी पाक्ने बेलाको धान खेतमै बे’जात धान का’ट्दा बीउमा शुद्धता आउँछ । शुद्ध बीउका लागि यसो गर्न थालेका हौँ ।’गुणस्तरीय बीउमा जातीय शुद्धताका लागि अ’पनाइने कार्यलाई र’गिन भनिन्छ । रगिन गर्दा ख’डा धानबालीको तयारी अवस्थामा खेतमै कृषि प्राविधिकको प्रत्यक्ष सं’लग्नता, नि’रीक्षण र स’ल्लाहबमोजिम गरिन्छ ।
सोही आधारमा ४५ हेक्टर बालीमा नमूना बहुउद्देश्यीय सहकारी संस्थामार्फत दक्ष किसानसहितको टोलीले धानको बी’जवृद्धिका लागि धान खेतमा र’गिन गरिहेको सहकारीका अध्यक्ष जीतबहादुर चौधरी बताउँछन् ।‘पा’क्न था’लेको धानमा रहेको बे’जात धान ह’टाउने कार्य भइरहेको छ’, जीतबहादुरले भने, ‘उत्पादन बढी लिन बी’उमा शु’द्धता पनि आवश्यक छ । हामी बी’उ उत्पादक सहकारीले बी’उ शुद्ध बनाउन यसो गर्न थालेका हौँ ।’यी कृषि सहकारीजस्तै यस क्षेत्रका अन्य बी’उ उत्पादक कृषि सहकारीले पनि र’गिनको कार्य गरिरहेका छन् ।
गुणस्तरीय बीउमा शतप्रतिशत जा’तीय शुद्धता नहुने भएकाले र’गिन गर्नुपर्ने हुन्छ । बी’उ उत्पादनका लागि गरिने बा’लीको कम्तीमा दुई पटक रगिन गरिनु अति आवश्यक छ । र’गिन बा’ली पसाउनुपूर्व र बा’ली तयारीपूर्व गरिन्छ ।यसरी रो’पिएको जा’तमा बे’जात बाली मात्र ह’टाउनेसँगै विभिन्न झा’रपात ह’टाउने कार्य गरिन्छ । बीउमा शुद्धता हुने भएकाले कृषि प्राविधिक वा दक्ष कृषकले मात्र र’गिन गर्नुपर्ने कृषि विज्ञको सु’झाव छ । ‘र’गिन गर्दा कृषि प्राविधिकको नि’रीक्षणसहित फि’ल्डमा काम ग’र्नुपर्ने भएकाले बी’ज वृद्धिको क्षेत्रमा क्रि’याशील कृषि सहकारी, स’मूहले वि’शेष ध्यान दिन आवश्यक छ’।
क्षेत्रीय बी’उबिजन प्र’योगशाला कञ्चनपुरका बा’ली विकास अधिकृत सिद्धराज उपाध्यायले भने, ‘दुईपटक बे’जात धान ह’टाउने गरेमा बी’उ शुद्ध हुन्छ ।’कैलालीका बि’जवृद्धि सहकारीले उत्पादन ग’रेको बी’उ देशैभरि बिक्री हुने गरेको छ । यहाँका सहकारीले कैलालीसहित बुटवलसम्म बी’उ बिक्री गर्ने गरेका छन् । कैलालीमा दर्जन बढी सहकारीले बी’जवृद्धिका लागि खेती गर्दै आएका छन् । रासस


