जहाँ इच्छा त्यहाँ उपाय – शिक्षण पेशासँगै व्यावसायिक बाख्रापालन !

गलकोट । जहाँ इच्छा, त्यहाँ उपाय । बागलुङ नगरपालका–८ सिगानाका एक शिक्षकले शिक्षण पेशासँगै व्यावसायिक बाख्रापालनका लागि उदाहरणीय बनेका छन् ।

स्थानीय भगवती आधारभूत विद्यालयका प्रधानाध्यापक भद्रबहादुर कार्की शिक्षण पेशामा लागेको २३ वर्ष भयो तर उहाँ अहिलेसम्म अस्थायी हुनुहुन्छ । कार्कीले व्यावसायिक खेतीका लागि सन्देश दिन एक वर्ष अघिदेखि बाख्रा फर्म सञ्चालन गर्नुभएको छ । उहाँ बिहान र बेलुकाको समयमा बाख्रा चराउने र डाले घाँस काट्ने गर्नुहुन्छ । दिउँसो उहाँकी श्रीमती लक्ष्मी कार्कीले सघाउनुहुन्छ ।

यसरी अतिरिक्त व्यवसाय गर्दा शारिरिक तथा मानसिक रुपमा सन्तुष्टि समेत मिलेको शिक्षक कार्कीको अनुभव छ । उहाँले बाख्रापालनका लागि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा निमारो, राई खनियो, दुदिलो, बेडुलोलगायतका डाँले घासको खेती समेत गर्नुभएको छ ।

शिक्षक कार्कीको लक्ष्मी कृषि फर्ममा हाल खरी क्रस बोयर जातका ३५ बाख्रा बोका छन् । कार्कीले खरिजातलाई विस्तारै हटाएर बोयर जातको बाख्रा पाल्ने योजना अनुसार लगानी समेत बढाउँदै लैजानुभएको छ ।

बाख्रा पालनका लागि गोठमा भएको भैसी र गोरु बेचेर खोर निर्माण गर्नुभएका कार्कीले हालसम्म रु.चार लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । शिक्षण पेशामा अस्थायी भएका कारण अवकाश हुँदा आर्थिक रुपमा केही नहुने भएपछि वैकल्पिक पेसा अगाँल्न थालेको उहाँको भनाइ छ । बोयर जातको स्वादिष्ट मासु र धेरै हुने भएकाले यसप्रति धेरैको आर्कषण छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।