धनकुटा महेन्द्र पार्कको स्थानीय नागरिकहरू आफैले गरे पुनर्निर्माण

धनकुटा । वि सं २०१२ सालमा तत्कालीन धनकुटा गौंडा प्रशासनले बैज्ञानिक शैलीमा मिलाएर खुल्ला सभा हल निर्माण गरेको धनकुटाको सल्लेरीको सिरानमा भग्नावशेषका रूपमा रहेको पार्कलाई स्थानीय नागरिकहरूले उनीहरूकै सक्रियता र पहलमा हालै पुनर्निर्माण गरेका छन् । सो पार्कलाई स्थानीय मानिसहरू महेन्द्र पार्कका नाममा चिन्दछन् ।

वि सं २०१३ सालमा तत्कालीन राजा महेन्द्र धनकुटा दौडाहा गर्ने तयारीको शिलशिलामा धनकुटा गौंडाका तत्कालीन वडाहाकिम रङ्गनाथ उप्रेतीको निर्देशनमा उक्त पार्क निर्माण भएको मानिन्छ ।

सो पार्कमा राजा महेन्द्रले दौडाहाका क्रममा मन्त्रिपरिषदको वैठक राखेको र सोही पार्कको बाटो हुँदै पूर्वको शिक्षाको ज्योतिका रूपमा रहेको धनकुटा इन्टर कलेज समेत उद्घाटन गर्दै बजार परिक्रमा गरि मूलघाटको बाटो हुँदै धरानतर्फ झरेको स्थानीय जेष्ठ नागरिकहरूले बताएका छन् ।

सो पार्कमा राजा बीरेन्द्र तथा राजपरिवारका अन्य सदश्यहरू, पूर्व राजा ज्ञानेन्द्र लगायत विभिन्न मुलुकका राजदूतहरू पनि घुम्न पुगेको सो पार्कको रमणीयताबाट आकर्षित भएको स्थानीय बुढापाकाहरू बताउँदछन् ।

सो पार्क द्वन्द्वका कारण पूर्ण रूपमा क्षतविक्षत भएको र अवशेषसम्म पनि निमिट्यान्न हुन लागेको अवस्थामा इतिहासकार ठाकुरप्रसाद बरालको पूर्ण सक्रियता र संयोजन, पत्रकार राजेश्वरबहादुर श्रेष्ठ, मूर्तिकार श्रीकृष्ण श्रेष्ठ र शहीदपुत्र मनोजनारायण श्रेष्ठ समेतको सक्रियतामा सो पार्कको पुनर्निर्माण भएको हो छ ।

सो कार्यका लागि दुर्गा पोख्रेल (पीएचडी) (अमेरिका) रू ५०,०००, मिलन दाहाल रू २,५००, ज्योतिराम पोख्रेल ५,०००, चन्द्रदिप यादव रू १,०००, नरेन्द्रजङ्ग वस्नेत ५,०००, सोमन्त घिमिरे(जापान),५,५४५, तीर्थप्रसाद मिश्र,(पीएचडी) रू २५,००० ,पिताम्बर भट्टराई रू ५,५४५, सीताराम पराजुली रू ५,००५, लोकेन्द्र राया रू २५,०००, रूद्रप्रसाद पोख्रेल (धरान) ११,१००, विश्वासदिप तिगेला (वेलायत) ५,००१, डा गोपालबहादुर भट्टराई रू ५,७०० समेत १३ जनाबाट आर्थिक सहयोग वापत रू १,५१,४०२ प्राप्त भएको थियो ।

त्यसैगरी द्रोणप्रसाद गुरागाईले रू १०,१२० बरावरको चून र ज्ञानबहादुर थापाले रू ५,००० बराबरका गेट निर्माण प्रयोजनका लागि अन्य निर्माण सामग्री उपलव्ध गराउनु भएको थियो । सो पार्क पुरानै प्रविधि चून, सुर्की इटाको प्रयोग गरि बनाइएको छ ।

कतिपय युवालाई पुरानो प्रविधिको ज्ञान दिलाउन, इतिहासको संरक्षण गर्न, सो प्रविधिलाई प्रोत्साहन गर्न र आम सहभागिताबाट मात्र पनि कतिपय कार्य गर्न सकिन्छ । राम्रो काम जनताले मात्र पनि गर्न सक्छन् भन्ने कुराको उदाहरणका रूपमा प्रस्तुत गर्न यो कार्य गरिएको कुरा पार्क निर्माण संयोजनकर्ता इतिहासकार बरालले बताए ।

सो पार्कमा पुनर्निर्माण भएपछि स्थानीय पर्यटकहरूको चहल पहल बढेको छ । धनकुटेलीहरू यस पार्कलाई धनकुटाको पहिचान, गौरव तथा शानका रूपमा मान्दछन् र पुनर्निर्माण भएपछि खुसी भएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।