पाख्रीबास-४ धनकुटाका वडाध्यक्ष निरौलाकी श्रीमतीको हात मेसिनले छिनायो

धनकुटा खबर । धनकुटाको पाख्रीबास नगरपालीका ४ का वडाध्यक्ष सोवित निरौलाकी श्रीमती धनमाया निरौलाको दाहिने हात घाँस काट्ने मसिनले छिनाएको छ ।

घाँस काट्ने क्रममा उहाँको दाहिने हातकाे हत्केलाबाहेक पाँचवटै औलाहरु छिनाएको हो । अहिले वहाको विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घाेपामा उपचार भई रहेको छ । यस घटना बारे जानकारी दिंदै वडाध्यक्ष निरौला फेसबुकमा लेख्छन,-

सामाजिक क्षेत्रमा अहाेरात्र खट्ने क्रममा घर-परिवारमा खासै समय दिन नभ्याउँदा नसक्दा पाैरखि हातहरुमध्ये दाहिने हातकाे हत्केलाबाहेक पाँचवटै औलाहरु गुमाउँदै निम्तिएकाे पिडादायि दशा के गर्नु छ र दुर्घटना भएपछि भईहाल्याे। भित्रि मन जलिरहे पनि बाहिर हाँसेकै छु। बत्ति पनि आफू जलेर अरुलाई उज्यालाे प्रकाश दिईरहन्छ।

दु:खदायि क्षणहरुमा क्वाँ क्वाँ रुँदामात्र समस्या समाधान नहुने,केवल मुटु भक्कानिएपनि धैर्य संयम अपनाउनुपर्दाेरहेछ। केही गर्नुपर्छ भन्नेकै राम्राे या नराम्राे हुँदाेरहेछ त, जस्ताेसुकै असहज परिश्थितिलाई हृदयगत गरि माया ममता सेवाबाट टाढा हुन दिने छैन। मेरि धर्मपत्नि जिवनसंगिनि धनमायाँकाे शिघ्रस्वास्थ्यलाभकाे लागि ईश्वरभगवानसँग काेटि काेटि प्रार्थना गर्दछु। भगवान दया राख्दै भक्तलाई पीडा दियाै धन्य प्रभु। विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घाेपाकाे ईमरजेन्सिबाट।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।