धनकुटा सदरमुकाममा चहल पहल बढ्न थाल्यो
धनकुटा खबर । दशैं तिहार र छठ सकिएसंगै घर गएकाहरु फर्कन थाले संगै धनकुटा सदरमुकामा सर्ब साधारणको चहल पहल बड्न थालेको छ ।
विभिन्न पेशा व्यावसाय गर्न आउने र अध्यायनका लागि आउनेहरु सदरमुकम आउन थाले संगै चहल पहल बढेको हो । केहि दिन अघि सम्म आंशिक खुलेका बजार पसल समेत पुरा नै लयमा खुल्न थालेका छन् । भने विद्यालयहरुले समेत आज बाट कक्षा संचालन सुरु गरेका छन् ।
यो बर्ष मलमासका कारण दशैं तिहार डिलो भएकोले कतिपयले भने अन्न बालि भित्राएर व्यावसायमा आएको समेत बताउनु भएको छ ।


