साहित्यकार चकेन्द्र राईको उपन्यास कृति ‘ट्रान्जिट’ बजारमा

धनकुटा । साहित्य जो आफ्नै जीवन संग गॉंसिएको हुन्छ,आफैलाई छोइरहेको हुन्छ । हुनत नेपाली साहित्यलाई यो स्थान सम्म ल्याउनमा धेरैको योगदान छ तर समाचारले स्थान नपाएर हुनसक्छ आदिबासी जनजातिबाट औंलामा गन्न सकिने संख्याका साहित्यकारहरु मात्रै नेपाली साहित्यिक आकाशमा छाएका छन् ।

धेरै समय भयो वहॉंका लेख,रचनाहरु विविध पत्रिका,मिडियाबाट समाजलाई उत्प्रेरित बनाउंदै प्रकाशनमा आए र धेरैको मन पनि जित्न सफल हुनुभयो । उनै साहित्यकार धनकुटाको पाख्रीबास निबासी चकेन्द्र राईको उपन्यास ‘ट्रान्जिट’ भर्खरै बजारमा आएको छ ।

सइ प्रकाशन,पाख्रीबास धनकुटाले प्रकाशन गरेको यस उपन्यासको आवरण टाइम्स क्रियसनको रहेको छ भने मूल्य रु.३५०/- रहेको छ ।

२०३ पृष्ठको यस उपन्यासमा पत्रकार होम कार्कीले लेखेका छन् – मैले लेखक चकेन्द्र राईलाई कतारमा भेटेको हुं । उनी उनन्पचास डिग्रीको तापक्रममा पग्लेनन् ।बरु लेखनमा फक्रिने मौका पाए । कठिन श्रममा फसेका बेला आफ्नो कस्तूरी पत्ता लगाउन खाडीबाट उम्रिए र ट्रान्जिट ल्याए ।

त्यसैगरि लेखक दीप्स शाहले लेखेका छन् – नेपाली आख्यान आकाशमा थपिंदै गरेको अर्को तारा हो -ट्रान्जिट । बैदेशिक रोजगारीको अपरिहार्यतासंगै उब्जिएका सबै प्रेम र सम्बन्धले पैसा र क्षणिक स्वार्थ मात्रै हेर्दैनन् भन्ने सकरात्मक दृष्टान्त प्रस्तुत गर्न ट्रान्जिट ले पाठकको मनमा राज गर्न सक्नेछ ।

आख्यानकार श्याम सिंघक लेख्छन् – परदेशमा गरिने भयानक संघर्ष र दु:ख रेमिट्यान्स पठाउनेहरुको साझा गवाही हुन् तथापि बैदेशिक रोजगारी बहुसंख्याक नेपाली युवाको ट्रान्जिट बनेको छ,आफुले सोचेको सुनौलो गन्तब्यमा पुग्नका लागि ।

साहित्यकार चकेन्द्र राईको यस उपन्यास कृतिले सबै पाठकको मन छुन सकोस्,धनकुटा खबर परिवारको तर्फबाट शुभकामना पनि ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।