सातै प्रदेशमा अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला : सदस्य सचिव सिलवाल

eकाठमाडौं/राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालले देशका सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गरिने बताएका छन् ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आजदेखी शुरु प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पुरुषतर्फको गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन गर्दै उनले हाल देशका विभिन्न १० स्थानमा ठूला क्रिकेट मैदान निर्माण भइरहेकाले आगामी चार÷पाँच वर्षभित्रमा प्रदेशस्तरीय रङ्गशाला निर्माण गरिने बताए । सरकारले तल्लोतहबाटनै खेलकूद विकासका कार्यक्रम शुरु गरेकाले खेल क्षेत्रले विकासमा फड्को मार्ने विश्वास उनको छ ।

पोखरा क्रिकेट मैदान क्रिकेट खेल्नका लागि संसारकै अलौकिक मैदान भएको जनाउँदै सदस्य सचिव सिलवालले मैदान स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेश क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानमा एउटा कपडा फेर्ने कोठा र कार्यालय कोठासमेत नहुँदा खेलाडी तथा सङ्घ मर्कामा परेको बताए ।

प्रादेशिक छनोट प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा कास्कीले विजयी शुरुआत गरेको छ । कास्कीले स्याङ्जालाई सात पराजित गर्दै प्रतियोगितामा विजयी बनेको हो । टस जितेर व्याटिङ गरेको स्याङ्जाले ३८ दशमलव पाँच ओभरमा सम्पूर्ण विकेट गुमाएर ११९ रनको योगफल तयार गरेकामा कास्कीले २८ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य भेट्टाउन सफल भयो ।

कास्कीको तर्फबाट अभिषेक थापाले अविजित ४३ तथा सुदिप पौडेलले अविजित २१ रन तथा अर्जुन कुमालले २२ रन बनाउनुभएको थियो । स्याङ्जाका विष्णु पाण्डेले ४१ तथा सौजन्य रेग्मीले २६ रन बनाए ।

कास्कीका बलर विश्व कार्की र सुवास भण्डारीले समान तीन÷तीन विकेट तथा कृष्ण पौडेल, अमृत गुरुङ्ग, र विपिन खत्रिले एक÷एक विकेट लिए । प्रतियोगिता अन्तर्गत शनिबार तनहुँ र नवलपुरबीच प्रतिस्पर्धा हुने सङ्घका सचिव सुमनराज कार्कीले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖