साहित्यकार चकेन्द्र राईको उपन्यास ‘ट्रान्जिट’ लोर्कापण

मोरंग । बैदेसिक रोजगारीमा गएका प्रवासीहरुले भोग्नुपरेको पिडा र समस्यालाई कथा वस्तु बनाएर लेखिएको चकेन्द्र राईको उपन्यास ट्रान्जिट जेफालेमा लोर्कापण गरिएको छ ।

लामो समय सम्म प्रवासमा रहँदा आफूले देखेको, भोगेको समसामयिक विषयवस्तुलाई आख्यानका रुपमा उतार्नुभएका राइले शनिबार एक कार्यक्रम गरी जेफाले सामुदायिक होमस्टेमा लोर्कापण गर्नुभएको हो ।

पर्यटन र साहित्य संगसंगै भन्ने मूल नाराका साथ कार्यक्रमका परिकल्पनाकार युवराज ठकुरीले संञ्चालन गर्दै आएको जेफाले सृजना डबलीको व्यवस्थापनमा विभिन्न लेखक साहित्यकार तथा पत्रकारहरुको उपस्थितीमा उपन्यासको लोकार्पण भएको हो ।

केराबारी साहित्य तथा कला विकास समितिका अध्यक्ष नविन थापा क्षेत्री,धनकुटाका अग्रज पत्रकार सञ्जय सन्तोषी राई, कान्तिपुर दैनिकका धनकुटा सम्बाददाता रमेशचन्द्र अधिकारी, सुनसरीका पत्रकार तथा साहित्यकार प्रकाश दिप्साली राई,पाँचथरका साहित्यकार लेखक राज मांग्लाक , तथा केराबारी गाउँपालिका वडा नं.२ का वडाध्यक्ष प्रेम लिम्बु लगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको थियो ।

जेफाले सृजना डबलीको १५ औं श्रृंखलामा उपन्यासकार राइले आफनो कृति बिमोचन गराउँनु आयोजकका लागि उडानको टा«िन्जट पोइन्ट भएको भन्दै पुस्तकले चाँडै नै अन्तराष्टिय उडान भर्ने पत्रकार रमेशचन्द्र अधिकारीले विश्वास व्यक्त गर्नुभयो । समग्रमा पूस्तकमा भएका कथावस्तुले टिपिकल नेपाली समाजको कथा बोकेको छ । पुस्तक पठनिय रहेको छ अधिकारीले भन्नुभयो ।

कार्यक्रममा धनकुटा र मोरंगको सिमाना तथा ट्रान्जिट पोइन्टको रुपमा रहेको जेफालेको फेदीमा उपन्यासकार राइको कृति ट्रान्जिट नै बिमोचन गर्न पाउँनु आफनो लागि पनि सौभाग्य भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका वडाध्यक्ष प्रेम वहादुर लिम्बूले व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

जेफाले सृजना डबली होस चाँहे जेफाले आसपासमा हुने गरेका साहित्यिक कार्यक्रम सवैजसो लेखक साहित्यकारहरुको कार्यक्रममा आफूले सहयोग गर्दै आएको आफनो कार्यकाल भरी सहयोग रहने लिम्बुले बताउँनुभयो. केराबारी साहित्यक तथा कला विकास केन्द्रका अध्यक्ष नविन थापा क्षेत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।-श्रोत :उज्यालो प्रदेश

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।