शहिदभूमी गाउँपालिकामा जारी खाल्साथुम खुल्ला पुरुष फुटवल प्रतियोगितामा आज ४ वटा खेल,को भए विजयी ?

शर्मिला राई,धनकुटा खबर । धनकुटाको शहिदभूमी गाउँपालिका खाल्साथुम छिन्ताङ युवा क्लवको खेल मैदान पुँवालेडाँडामा जारी प्रथम खाल्साथुम खुल्ला पुरुष फुटवल प्रतियोगितामा आज ४ वटा खेलहरु भएकाछन् ।

सरस्वती पूजाको अवसरमा खाल्साथुम छिन्ताङ युवा क्लवको आयोजनामा सञ्चालित प्रतियोगिता अन्र्तगत साम्वुगाउँ “ए” छिन्ताङ र लक्ष्मी देउराली क्लव वीच भएको आजको पहिलो खेलमा सडेनडेथको समयलाई सदुपयोग गर्दै ६ को विरुद्ध ७ गोल लगाएर साम्वुगाउँ विजयी भएको छ ।

त्यस्तैगरी साम्वुगाउँ “वी” र माम्फिाङ वीच भएको दोश्रो खेलमा १-२ गोल अन्तरले माम्फिङ विजयी भएको छ भने भक्तवोलना स्मृती युवा क्लव र पीप्ले फुटवल क्लव वीच भएको तेश्रो खेलमा ०-१ गोल अन्तरले पीप्ले विजयी भएको छ ।

रापा १२ धरान सुनसरी र पोक्ला शहिदभूमी वीच भएको आजको चौथो तथा अन्तिम खेलमा ०-२ गोल अन्तरले रापा १२ धरान सुनसरी विजयी भएको छ । भोलिको खेल विहान १० वजेदेखी शूरु हुने प्रतियोगिता आयोजक क्लवका अध्यक्ष वसन्त राईले जानकारी दिनुभयो ।

जम्मा १९ टिमले सहभागिता जनाएको प्रतियोगिताका विजयी प्रथम समूहले नगद ५० हजार ५ रुपयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र, दोश्रो हुने समूहले नगद २५ हजार ५ रुपयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीलाई समेत आर्कषक पुरस्कारको व्यवस्था छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖