प्रथम खाल्साथुम खुल्ला पुरुष फुटवल प्रतियोगिता अन्र्तगत आज सेमिफाईनल र फाईनल चरणका खेलहरु हुदै

धनकुटा,धनकुटाको शहिदभूमी गाउँपालिका खाल्साथुम छिन्ताङ युवा क्लवको खेल मैदान पुँवालेडाँडामा जारी प्रथम खाल्साथुम खुल्ला पुरुष फुटवल प्रतियोगिता अन्र्तगत आज सेमिफाईनल र फाईनल चरणका खेलहरु हुदैछन् ।

खेल विहान ८ वजेदेखी शूरु हुने प्रतियोगिता आयोजक खाल्साथुम छिन्ताङ युवा क्लवका अध्यक्ष वसन्त राईले जानकारी दिनुभयो । यसअघि वीहिवार ४ वटा खेलहरु भएका थिए । जसअनुसार सागुरीगढी ९ हर्दिया र माम्फिङ वीच भएको दोश्रो चरणको पहिलो खेलमा ०-४ गोल अन्तरले माम्फिङ विजयी भएको छ ।

त्यस्तै रापा १२ फुटवल क्लव धरान सुनसरी र अखुवा युवा क्लव शहिदभूमी २ अखुवाटार वीचको दोश्रो खेलमा ३-२ गोल अन्तरले रापा १२ फुटवल क्लव धरान विजयी भन्यो भने भक्तवोलना स्मृती युवा क्लव “वि” शहिदभूमी २ र सरस्वती युवा क्लव शहिदभूमी गाउँपालिका गोपालपुर वीचको तेश्रो खेलमा ४-२ गोल अन्तरले भक्तवोलना विजयी भएको छ ।

त्यस्तै साम्वुगाउँ र पिप्ले वीच भएको चौथो खेलमा ०-१ गोलले साम्वुगाउँ विजयी भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।