सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उहाँको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ ।

होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ गर्दै ३८ रन खर्चिनुभयो । लमिछानेले आफ्नो पहिलो र चौथो ओभरमा विकेट लिनुभएको हो । उहाँले मेलबर्नका हिल्टन कार्टराइट र बेन डङ्कलार्यको विकेट लिनुभएको हो ।

चौध दिनको अनिवार्य क्वारेन्टिनको समय सकिएपछि लामिछानेले आज पहिलो खेल खेल्नुभएको हो । टस हारेपछि लामिछानेको टोली होबार्टले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६४ रन बनाएको थियो । होबार्टका लागि बेन म्याकड्रेमटले ३१, डविड मलानले ७५ रन बनाउनुभयो ।

एक सय ४६ रनको लक्ष्यका साथ ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स २० ओभरमा नौ विकेट गुमाउँदै १४३ रन मात्र बनायो । मेलबर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले ७० रन बनाउनुभयो । बलिङतर्फ होबार्टका लागि लामिछानेसँगै स्कट बोलान्डले तीन विकेट लिनुभयो ।

होबार्टमा आवद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका छ खेल गुमाउनुभएको थियो । नेपालमै छँदै उहाँ कोरोनाबाट सङ्क्रमित हुनुभएको थियो ।

अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने भएका कारण उहाँ प्रारम्भका छ खेल खेल्नबाट बञ्चित हुनुभएको हो । होबार्ट हालसम्म खेलेका सात खेलमा पाँचमा जित तथा दुई खेलमा हारका साथ १८ अङ्क जोड्दै आठ टोली सम्मिलित बिग बासको दोस्रो स्थानमा उक्लिएको छ । होबार्टले अब अर्को खेल सोमबार खेल्ने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖