अलैंचीको मूल्य सुधार नभए पछि किसान चिन्तित

धनकुटा । कोरोना संक्रमण घट्दै जाला भारतीय नाका सहज होलान र अलैंचीको मूल्य बढ्ला भन्ने आशा गरेका धनकुटाका अलैंची किसान तथा व्यापारी अलैंचीको मूल्यमा सुधार नभए पछि निसार बनेका छन् ।

अलैंची उत्पाद पछिको मुख्य सिजनमा धनकुटामा २० हजार प्रतिमन मूल्य रहेको अलैंचीमा भारतीय नाका खुल्ला हुने र व्यापार सहज हुने आशाका साथ २७ हजार प्रतिमनमा अलैंचीको कारोबार हुन थाले पछि किसान तथा व्यापारी खुसी भएका थिए तर एका एक मूल्य फेरी ओरालो लाग्न थाले पछि किसान तथा व्यापारी लाई चिन्ता थपिएको छ ।

कोरोना महामारी घटे संगै भारतीय नाका सहज होला भारतमा अलैंची पठाउन सकिएला र किसान तथा व्यापारीहरुले बेर्होदै आएका समस्या र घाटा कम होला भन्ने सोचेका थियो तर अलैंचीको मूल्य घट्दै प्रतिमन २४ हजार तिर झर्न थल्यो यसले गर्दा किसान र व्यापारी दुबै मर्कामा परेका अलैंची व्यावसायी संघ धनकुटाका अध्यक्ष इन्द्र तितुङ्गले बताए । छथरजोरपाटीका कृषक सुरेन्द्र लिम्बुले भने केहि बर्ष पहिला अलैंचीको मूल्य आकासियो त्यसले गर्दा किसानले बगान विस्तार र अलैंचीको खेति व्यापक बढाए तर दुभाग्र्य त्सस पछि अलैंची खेतिमा रोग पनि भित्रियो मूल्य समेत धरै घट्यो जसले गर्दा किसान मर्कामा परे । त्यसलै सरकारले उचित मूल्य संगै बजारको सुनिश्चतताको गर्नु आबश्यक भएको लिम्बु बताउँछन् ।

मसलाजन्य वाली अन्र्तगत पर्ने अलैची खेती धनकुटाको करिब २ सय ४० हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ भने करिब ४ हजार ६ सय किसान अलैंची खेतिमा संलगन रहेको अलैंची व्यावसायी संघ धनकुटाकाले जनाएको छ । कालो सुनको नामले परचित अलैचीको भाउ केही वर्ष यता निरन्तर ओरालो लाग्न थालेपछि किसान र व्यापारी चिन्तित वनेका छन् । अलैचीको मुल्य घट्ता कतिपय किसानले लागत खर्च समेत उठाउन सकेका छैनन । केही वर्ष अघिसम्म किसान लागि विदेशी मुद्राको गतिलो माध्यम वनेको थियो अलैची व्यापार सुस्ताएसँगै किसान र व्यापारीले करोडौं रुपैया नोक्सानी व्यहोर्नु परेको अलैंची व्यावसायी संघ धनकुटाका अध्यक्ष तितुङ्गले बताउछन् ।

नेपालबाट भारत जाने अलैचीमा विभिन्न नक्कली अलैचीहरु मिसावट भएको पाइएपछि मूल्यमा गिरावट आएको तितुङले दावी गरे । यसको मुख्य दोषी नेपालका ठूला अलैची ब्यापारी भएको उनले बताए । उनले भने ‘अव सरकारले अलैचीको बजार भारत वाहेक तेस्रो देशमा विकल्प खोज्नु पर्ने बेला आएको छ । अचैची भनेको कच्चा पदार्थ हो । यो लामो समयसम्म भण्डार गर्न सकिन्दैन । यसको गुणस्तर क्रमश घट्दै जान्छ । त्यसकारण भारत वाहेक अन्य देशमा बजार खोज्नु आवश्यक छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।