सूर्य वहादुर थापा स्मृती गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी ओक्मालुङ्ग फुटवल क्लव धनकुटालाई

धनकुटा । धनकुटाको भीरगाउ संचालन भएको पूर्व प्रधान मन्त्री सूर्य वहादुर थापा स्मृती गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी ओक्मालुङ्ग फुटवल क्लव धनकुटाले चुम्न सफल भएको छ ।आज भएको फाईनल खेलमा धनकुटाको ओक्मालुङ्ग युवा फुटवल क्लवले धनकुटा भीरगाउको आयोजक टिम बैरे फुटवल क्लवलाई ट्राईबेकरमा हराउदै ओम्मालुङ्ग यूवा क्वले पूर्व प्रधान मन्त्री सूर्य वहादुर थापा स्मृती गोल्ड कप फुटवल प्रतियोगिताको उपाधी चुम्दै नगद १ लाख ,गोल्ड कप र आयोजक बैरे फुटवल क्लव उपविजेतामानै चित्त बुझाउदै ५० हजार नगद र गोल्ड कप प्राप्त गरेको छ ।

विजयी तथा उपबिजेता फुटबल क्लहरुलाई र खेलाडहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,यूवा नेता तथा जन उत्थान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश राई,जिल्ला फुटवल संघ धनकुटाका अध्यक्ष गोविन्द्र राई,सयपत्री यूवा क्लव बैरे भीरगाउका संस्थापक अध्यक्ष यूवा नेता राज कुमार राई,नेपाल तरुण दलका केन्द्रिय प्रतिनिधि पुरन राई, एन्फाका प्रशिक्षक सरिन श्रेष्ठ,आयोजक क्लवका सचिव राजेन्द्र गुरागाई,आयोजक समितका यूवा संयोजक सन्तोष राई लगायतले नगद पुरस्कार,गोल्ड कप,मेडल प्रमाण पत्र वितरण गर्न भएको थियो ।

आयोजक सयपत्री यूवा क्लव भीरगाउ धनकुटाका संस्थापक अध्यक्ष राज कुमार राईको अध्यक्षतमा भएको पुरस्कार वितरण कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,यूवा नेताहरु दिनेश राई,पुरन राई,जिल्ला फुटवलसंघका अध्यक्ष गोविन्द्र राई लगायतले नेपाललाई पहिचान गराउने खेलकुद भएकोले खेलकुदको विकास र विस्तारका लागी राज्यले लगानी गर्ने वताउनु भयो ।

उहाहरुले धनकुटाको भीरगाउमा फुटवलको विकासका लागी सहयोग गर्ने समेत बताउनु भयो । भने कार्यक्रमको संचालन सयपत्री यूवा क्लवका सचिव राजेन्द्र गुरागाईले गर्नु भएको थियो । कार्यक्रममा मुख्य रेफ्री सफल राई लगायतका रेफ्रीहरुलाई उपहार तथा मायाको चिने समेत अध्यक्ष राजकुमार राईले प्रदान गर्नु भएको आयोजक समितिका सन्तोष राईले वताउनु भयो ।

सात दिन सम्म संचालन भएको उक्त पूर्व प्रधान मन्त्री सूर्य वहादुर थापा स्मृती गोल्ड कप फुटवल प्रतियोगिताको समुदघाटन सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री सुनिल वहादुर थापाले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।