राजनीतिसँगै कृषि : विश्वकर्माले सुरु गरे आधुनिक प्रविधिमा कृषि व्यवसाय

खोटाङ, ११ माघ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका युवा किसान गंगाबहादुर विश्वकर्माले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका छन् ।

राजनीतिसँगै कृषि पेशासमेत गर्दै आएका विश्वकर्माले परम्परागत कृषि पेशालाई निरुत्साहित गर्दै गुणस्तरीय तथा उच्च मूल्ययुक्त तरकारी उत्पादन गर्ने उद्देश्यले आधुनिक प्रविधिको कृषि व्यवसाय शुरु गरेका हुन् ।

खोटाङ कृषि फार्म स्थापना गरेर व्यावसायिकरूपमा कृषि पेशा अपनाउँदै आएका विश्वकर्माले उच्च गुणस्तर भएका तरकारी उत्पादन गर्ने उद्देश्यले रु ४२ लाखको लागतमा एकैसाथ चारवटा हाइटेक निर्माण गरेका छन् । प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्र खोटाङको रु ३२ लाख र खोटाङ कृषि फार्मको रु १० लाखमा फरक–फरक आकारको चारवटा हाइटेक एकैसाथ निर्माण गरेर व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् ।

नगरपालिकाले शुरु गरेको प्राङ्गारिक कृषि अभियान कार्यक्रमअन्तर्गत तरकारी, नर्सरी तथा च्याउ उत्पादन गर्ने गरी फरक–फरक आकारमा चार हाइटेक निर्माण गरिएको फार्मका प्रबन्धक विश्वकर्माले बताए । जिआइ पाइप र युवी प्लाष्टिक प्रयोग गरेर बनाइएको हाइटेकमा उत्पादित तरकारी र च्याउ दिक्तेलबजारलगायत राजधानी काठमाडौँमा समेत खपत गराउने लक्ष्य छ ।

पाँच वर्षभित्र ‘अग्र्यानिक’ नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान विश्वकर्माले गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाँजरलगायत विभिन्न प्रजातिका तरकारी खेती शुरु गर्नुभएको छ । प्राङ्गारिक कृषि अभियान कार्यक्रमअन्तर्गत विश्वकर्माले आधुनिक बङ्गुर खोर तथा भकारो सुधार, च्याउको ब्रोइलर मेसिनसहितको घर निर्माण गरेका छन् ।

विगतदेखि नै तरकारी, माछा, फलफूल खेती गर्दै आउनुभएका विश्वकर्मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर कार्यपालिका सदस्य हुन् । बिहान÷बेलुका तथा बिदाको समयमा तरकारी खेतीमा समय दिनुहुने विश्वकर्माले स्थानीय दुई युवालाई रोजगारीसमेत दिएका छन् ।

पाँच वर्षभित्र ‘अग्र्यानिक’ नगर बनाउने अभियान चलाइरहेको नगरपालिकामा युवा किसान विश्वकर्माले गोलभेँडा, अकबरे खुर्सानी, बन्दा, काउली, काँक्रो, गाँजरलगायत विभिन्न प्रजातिका तरकारी खेती शुरु गर्नुभएको छ । प्राङ्गारिक कृषि अभियान कार्यक्रमअन्तर्गत विश्वकर्माले आधुनिक बङ्गुर खोर तथा भकारो सुधार, च्याउको ब्रोइलर मेसिनसहितको घर निर्माण गरेका छन् ।

विश्वकर्माको कृषि फार्ममा कामदारसँगै श्रीमती सरिता राई (विश्वकर्मा) ले साथ दिने गरेका छन् । विश्वकर्माले आफ्नै फार्ममा गँड्यौला मल र जैविक विषादी उत्पादनको तयारीसमेत गरेका छन् । ‘अन्य मलको तुलनामा गँड्यौला मलले बढी उत्पादन दिनुका साथै गुणस्तरीयसमेत हुन्छ’ उनले भने, ‘आधुनिक प्रविधि अपनाएर कृषि पेशा गर्दा कम मेहेनतमा बढी आम्दानी लिन सकिन्छ ।’

जिल्लाका अगुवा कृषकसमेत रहनुभएका विश्वकर्माले उत्पादन गरेका कृषि उपज जिल्लाका विभिन्न ठाउँ तथा बाहिरी जिल्लासमेत निर्यात हुने गरेको छ । कृषि पेशाबाटै घरखर्च र बालबच्चाको पढाइ धान्दै आउनुभएका विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रदान गरिने सम्मान तथा पुरस्कारसमेत हात पारिसकेका छन् ।

यसअघि सोही नगरपालिकाको वडा नं ८ दोर्पाचिउरीडाँडास्थित बुवालुङका युवा किसानले पनि हाइटेक प्रविधि अपनाएर व्यावसायिक तरकारी खेती शुरु गरेका थिए । बुवालुङस्थित सुम्नीमा मेरुङ कृषि समूहमा आबद्ध युवा किसानले प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं १ विराटनगरको रु १९ लाख तथा कृषि समूहको रु आठ लाख ३३ हजार २३६ लागतमा हाइटेक निर्माण गरेर व्यावसायिक खेती शुरु गरेका हुन् ।

कृषि पेशामा ‘पूर्णकालीन’ बनेर सामूहिकरूपमा कृषिको व्यवसायीकरणमा जुटेका दोर्पाचिउरीडाँडास्थित बुवासुङका युवाले अलैँची, आलु, अदुवा, अम्रिसो, बेसार, तीतेकरेला, अकबरे खुर्सानी, लसुन, जापानिज नास्पाती, किबी, एभोकाडो, माछा, सुँगुर तथा तरकारी खेती गर्दै आएका छन् । विसं २०७० देखि व्यावसायिक कृषि फार्म सञ्चालन गर्दै आएका १५ युवाले घरजग्गा छाडेर तराई बसिरहेका आफन्तको जग्गा भाडामा लिएर सामूहिक खेती शुरु गरेका छन् ।

कृषि पेशाप्रति युवाशक्तिको मोह जगाउँदै गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न सामूहिक खेतीमा लागेका युवाले कृषि फार्म क्षेत्रभित्रै बसोबास गर्न चारकोठे भवन र छाप्रो बनाएका छन् । गाउँमा आफ्नै छुट्टै घर भए पनि उनीहरुको अधिकांश समय सोही छाप्रोमा बित्ने गरेको पाइएको छ । जमिन खनजोतदेखि बीउ छर्ने, गोडमेल गर्ने, मलजल गर्ने, भित्र्याउनेसम्मका काममा उनीहरु सामूहिकरूपमै खट्ने गरेका छन् । सबै शेयर सदस्य युवा कृषि फार्ममा आलु, अदुवा, तरकारी, ग्रासकार्प जातको माछालगायत हेरचाहकै काममा दिन बिताउने गरेका छन् । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।