किसानलाई चैते धानको बीउ निःशुल्क वितरण

टिकापुर । कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ। नगरपालिकाको १ देखि ९ वटै वडाका किसानलाई चैते धानको बीउ वितरण गरिएको हो।

नगरका अधिकांश क्षेत्र डुबानका कारण बर्खे यामको धानबालीको उत्पादन लिन नपाउने भएकाले चैते धान खेतीबाट नागरिकको खाद्य सुरक्षा सुनिश्चित गर्न धानको बीउ वितरण गरेको नगरपालिका कृषि शाखाका प्रमुख कमल चौधरीले बताए।

“यहाँ बर्सेनि बर्सातमा बाढी आउँछ, यहाँका किसानले बर्खे खेती गर्न सक्दैनन, त्यसैले चैते धानको बीउ वितरण गर्यौँ”, कृषि शाखा प्रमुख चौधरी भने, “यहाँ चैते धान राम्रो उत्पादन हुन्छ । हामीले धान खेती भनेपछि चैते धानलाई बढी प्रोत्साहन गर्छौं ।”

उनले डुबान क्षेत्रका किसानलाई प्राथमिकतामा राखेर बीउ वितरण गरिएको जानकारी दिए। भजनी नगरपालिका र कृषि ज्ञान केन्द्र कैलालीको आर्थिक सहयोगमा २२२ हेक्टरमा पुग्ने गरी २८ कृषक समूह र व्यक्तिगतरूपमा गरी चैते धानको बीउ वितरण गरिएको छ।

“किसानको मागका आधारमा बीउ वितरण गरिएको हो”, चौधरी भने, “चैते तीन र चैते पाँच जातको धानको बीउ नगरपालिकाले १५ क्विन्टल र कृषि ज्ञान केन्द्रको ८५ क्विन्टल किसानलाई उपलब्ध गरायौँ । यससँगै चैते धान खेतीमार्फत् उत्पादन बढाउन अन्य कार्यक्रमसमेत सञ्चालन गर्नेछौँ।”

नगरपालिकामा किसानलाई प्रोत्साहन गर्न हरेक वर्ष चैते धान ब्लक प्रदर्शन, चैते धान मुख्यमन्त्री कृषि कार्यक्रमजस्ता कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्। नगरपालिकामा करिब ४०० हेक्टरमा चैते धानखेती हुने गरेको छ। नगरपालिका चैते धान खेतीको लागि राम्रो र उर्बर क्षेत्र हो। यहाँका किसानले बर्सेनि चैते धान खेती गर्ने गरेका छन्।

“बर्खे धान खेतीभन्दा राम्रो उत्पादन र बाढी ग्रसित क्षेत्रका लागि चैते धान खाद्य सुरक्षामा सहयोग पुग्ने भएकाले नगरपालिकाले चैते धान खेतीमा सहयोग गर्नुले यहाँका किसानलाई सजिलो भएको छ”, किसान सुन्दर चौधरीले भने, “कृषिमा सरकारले लगानी बढाएको छ । भजनीमा बर्सेनि आउने बाढीका कारण खेतीयोग्य जमीन र बालीमा क्षति पुग्ने गरेको छ । यहाँका नदी तथा कटान हुने क्षेत्रमा स्थायी तटबन्ध गरी खेतीयोग्य जमीन बचाउनतर्फ ध्यान दिनुपर्छ।”रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖