अलैँचीमा लगानीे गरेकामा पछुताउँदै

दिलकुमार लिम्बू ,फुङ्लिङ, १३ माघ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा रु आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाउनुभयो । अहिले त्यही अलैँची बगानमा गरेको लागानीले पलपलमा पछुताउनु परेको छ । लिम्बूको घरपरिवारको आर्थिक अवस्था कमजोर थियो । उहाँले कक्षा ५ उत्तीर्ण गर्न पनि सक्नुभएन । बिहानबेलुका हात मुख जोर्नका लागि बुबाआमा सहित उहाँ अरूको घरमा खेताला जान पथ्र्यो । खेताला गरी ल्याएको अन्नले साँझबिहान छाक टार्नुपर्थो । २०६४ सालमा लिम्बू घरको आर्थिक अवस्था सुधार्ने सोचका साथ गाउँघर छोड्नुभयो । उहाँले गाउँघरमात्र छोड्नु भएन नेपाल नै छोडेर मलेसिया पुग्नुभयो ।

आफ्नै गाउँमा दुःख गर्ने लिम्बूलाई अरूको देशमा त्यति काम गर्न समस्या परेन । उहाँ भन्नुहुन्छ, “परिश्रम गर्ने मान्छेले जता गए नि परिश्रम गनुमै आनन्द आउँछ ।” मलेसिया पुगेको २ वर्ष पूरा भयो । दुःख गरेर कमाएको पैसा केमा लगानी गर्ने भन्ने मेसो पाउनुभएन । तराईको झापा, इटहरीतिर जग्गा किन्ने योजना बुन्नु थाल्नुभयो । त्यही समयमा नेपालमा अलैँचीको मूल्य ४० केजीको रु एक लाख २० हजार पुग्यो । अलैँचीको मूल्य सोचेकोभन्दा उच्च मूल्य आउँदा उहाँ निकै पछुताउनु भयो । अब उहाँको एकमात्र सोच आयो । अरूको देशको माटोमा अमूल्य पसिना झार्नुभन्दा आफ्नै देशको माटोमा अलैँची खेती गर्ने । उहाँले भन्नुभयो, “मैलै मलेसियामा कमाएको र साथीहरुसँग सापटी मागेर आठ लाखमा गाउँको अलैँची बगानमा बन्दकी लगाए ।” विदेशमा गरेको मिहिनेतले आफ्नै गाउँमा सुन फलाउने सोचका साथ मलेसिया छोडेर घर फर्कनुभयो । घर आएर अलैँची बगान विस्तार गर्नतिर लागे ।

गत वर्ष अलैँचीको याममा लिम्बूले पाँच मन सुक्का अलैँची निकाल्नुभयो । दिनदिनै खेताला पाउन मुस्किल हुँदै गएको छ । खेतालाको ज्यालादर दिनप्रतिदिन बढ्दो छ । एक दिनको खेतालाको ज्याला दर ५०० देखि ८०० सम्म दिनुपर्ने लिम्बू बताउनुहुन्छ । पाँच मन अलैँचीले एक लाख हाराहारी मात्र बिक्री गरेको उहाँको भनाइ छ । अलैँची याम शुरुदेखि अन्तिमसम्म रु एक लाख ५० हजारभन्दा बढी पर्न आएको उहाँले बताउनुभयो ।

विगत ५ वर्षअगाडि मलेसिया हुँदै रु आठ लाख लगानी गरेको पैसाले अरू व्यवसायमा लागानी गरेको भए हुन्थ्यो रहेछ जनाउँदै अलैँची बगानमा लागानी गरेकामा अहिले पछुताउनुभएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गाउँघरमा ३६ प्रतिशले ब्याज दर प्रचलनमा तर मैले २४ प्रतिशतमा गाउँमा पैसामात्र ब्याजमा लगाए भने पनि एक वर्षमा रु एक लाख ९२ हजार आउँथ्यो ।” हिसाब गर्दै आफू अलैँचीले बगानले फसाएको सुनाउनुभयो ।

लिम्बूमात्र होइन सोहीका विर्ख फेम्बूले वैदेशिक रोजगारीमा कमाएको पैसा पनि अलैँची बगानमा लगानी गरेको फेम्बूले बताउनुभयो । अलैँचीको राम्रो भाउमा बिक्री हँुदै विदेशदेखि नै बगानमा लगानी गरेको तर अहिले बगान सफा गर्न पनि आफ्नै गोजीबाट पैसा निकाल्नुपर्ने भएको उहाँ बताउहुन्छ ।

त्यस्तै मेरिदेन गाउँपालिका–६ का विमना लिम्बूले पनि अलैँचीको राम्रो मूल्य हुँदा गाउँ नजीकैको बगानमा लागि गर्ने भयो । तर अहिले अलैँचीको मूल्य राम्रो नहँुदा पछुताउनु परेको लिम्बूले बताउनुभयो । यी तीन व्यक्ति एक प्रतिनिधिमात्र हुन् । एक लाख २० हजार अलैँचीको मूल्य पुग्दा अरू खेती छेडेर ताप्लेजुङका किसानले आफ्नो घरआँगन सबै खाली नराखी अलैँची बगान विस्तार गर्न तिर लागेको थियो । प्रत्येक वर्ष अलैँचीको मूल्य ओरालोतिर लागेपछि अलैँची किसान निरासिँदै बगान मासेर अन्य खेतीपातीमा लागेको फक्ताङलुङ गाउँपालिका–६ का अलैँची कृषक सन्तकुमार फेम्बूले बताउनुभयो । एक पटक आएको एक लाख २० हजार अलैँचीको मूल्य कहिलै फर्केर आउन सकेन । खाडी मुलुकदेखि धेरै युवा त्यो समयको अलैँचीको मूल्यले गाउँ फर्कायो र बगान विस्तार भयो । अलैँचीको मूल्य अहिलेसम्म फेर्न सकेको छैन ।

विभिन्न राष्ट्रसँग अलैँची निर्यात हुन समाचारहरु कहिलेकाहीँ देखिए पनि काम भने नदेखिएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा अलैँची व्यापारी दिनेश अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार अहिले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा ४० केजी अर्थात् एक मन अलैँचीको रु २४ हजारमा खरीदबिक्री भइरहेको बताउनुभयो । रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।